देउवाले सच्याए योगी आदित्यनाथबारे आफ्नो अभिव्यक्ति, सरकार बदनाम भएको टिप्पणी

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेबरहादुर देउवाले भारतस्थित उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे आफ्नो अभिव्यक्ति सच्याएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  देउवाले यसअघिको आफ्नो अभिव्यक्ति गलत सूचनाको आधारमा रहेको भन्दै त्रुटी सच्याएका हुन् । गत साता देउवाले योगी आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावासमा पुगेर नेपालमा राजतन्त्रको पक्षमा नरहेको जानकारी गराएको बताएका थिए । त्यसलाई […]

Apr 12, 2025 - 09:02
 0
देउवाले सच्याए योगी आदित्यनाथबारे आफ्नो अभिव्यक्ति, सरकार बदनाम भएको टिप्पणी

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेबरहादुर देउवाले भारतस्थित उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबारे आफ्नो अभिव्यक्ति सच्याएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  देउवाले यसअघिको आफ्नो अभिव्यक्ति गलत सूचनाको आधारमा रहेको भन्दै त्रुटी सच्याएका हुन् । गत साता देउवाले योगी आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावासमा पुगेर नेपालमा राजतन्त्रको पक्षमा नरहेको जानकारी गराएको बताएका थिए ।

त्यसलाई सच्याउँदै उनले भनेका छन्, ‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोलेछु। उहाँ दूतावासमा आउनुभएको होइन, बरु भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले उहाँलाई भेट्न जाँदा भएको कुरा हो।’

देउवाले आफूलाई भएको भ्रमको कारण जनतामा गलत सन्देश गएकोप्रति खेद व्यक्त गरे।

उनले हाल सरकारको ठूलो बदनामी भइरहेको बताएका छन् । ‘सरकारको नाममा अहिले धेरै ठूलो बदनामी भइरहेको छ, यो नहोस् भन्ने चाहन्छु,’ देउवाले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register