काठमाडौँमा व्यापाक वायु प्रदुषण, धुँवा र धुलोले छोपियो सहर (तस्विरहरू)

काठमाडौँ । यो साताको सुरुवातदेखि नै काठमाडौं उपत्यकाको वायु प्रदुषण उच्च रहेको छ । प्रदुषण बढ्दा भिजिबिलिटी पनि घटेको छ जसका कारण विमानको उडानमा पनि समस्या आइरहेको छ । आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ । बुधवार काठमाडौं विश्वको प्रदुषित सहरहरुमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो […]

Apr 2, 2025 - 11:32
 0
काठमाडौँमा व्यापाक वायु प्रदुषण, धुँवा र धुलोले छोपियो सहर (तस्विरहरू)

काठमाडौँ । यो साताको सुरुवातदेखि नै काठमाडौं उपत्यकाको वायु प्रदुषण उच्च रहेको छ । प्रदुषण बढ्दा भिजिबिलिटी पनि घटेको छ जसका कारण विमानको उडानमा पनि समस्या आइरहेको छ ।

आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा त खतराको तहमा पुगिसकेको छ । बुधवार काठमाडौं विश्वको प्रदुषित सहरहरुमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ ।

आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा २६८ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो ।

पहिलो स्थानमा रहेको दिल्लीमा बिहान ३३६ प्रतिघण्टा २६१ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमडौं निकै अस्वस्थको तहमा छ भने दिल्ली खतराको तहमा पुगेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register