ज्ञानमालाको संस्थागत विकासमा राज्यले सहयोग गर्न माग

काठमाडौं। नेपाल राष्ट्रिय ज्ञानमाला समितिले देशभरका ज्ञानमाला भजन संघको विकासको लागि तीन वटै तहको सरकारले सहयोगी भूमिका निर्वाह गर्न माग गरेको छ । राजधानीको नयाँ बजारमा सम्पन्न समितिको ३० औ वार्षिक साधारणसभामा समितिले सो माग गरेको हो।सो अवसरमा समितिका केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले बुद्धजन्मभूमी नेपालमा बुद्ध शिक्षालाई गीतसंगीतको माध्यमबाट देशको कुनाकन्दरामा फैलाउन ज्ञानमाला संघको महत्वपूर्ण […]

Apr 5, 2025 - 10:27
 0
ज्ञानमालाको संस्थागत विकासमा राज्यले सहयोग गर्न माग

काठमाडौं।

नेपाल राष्ट्रिय ज्ञानमाला समितिले देशभरका ज्ञानमाला भजन संघको विकासको लागि तीन वटै तहको सरकारले सहयोगी भूमिका निर्वाह गर्न माग गरेको छ ।

राजधानीको नयाँ बजारमा सम्पन्न समितिको ३० औ वार्षिक साधारणसभामा समितिले सो माग गरेको हो।सो अवसरमा समितिका केन्द्रीय अध्यक्ष रमना श्रेष्ठले बुद्धजन्मभूमी नेपालमा बुद्ध शिक्षालाई गीतसंगीतको माध्यमबाट देशको कुनाकन्दरामा फैलाउन ज्ञानमाला संघको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै त्यस कार्यमा तीन वटै तहको सरकारले यथोचित सहयोग गर्न माग गरे ।

बुद्धशिक्षाको माध्यममा शान्ति स्थापना, करुणा, मैत्री फैलाउन र नैतिक तथा शीलसदाचारको कुरा स्थापित गर्न ज्ञानमाला भजनले महत्वपूर्ण टेवा पु¥याएको पनि अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।

देशभरि सञ्चालनमा रहेका ज्ञानमाला भजन संघहरुलाई एकसुत्रमा आबद्ध गरी सुदृढ संगठनात्मक माध्यमबाट ज्ञानमाला भजन क्षेत्रमा काम गरिरहेकोलाई राज्यले यथोचित मूल्यांकन गर्नुपर्ने पनि उनको भनाई रहेको छ । अध्यक्ष श्रेष्ठका अनुसार देशभर १ सय ३४ ज्ञानमाला भजन संघ रहेको तत्काल सो संख्या १ सय ४४ पु¥याउने तयारी भइरहेको छ ।

सो अवसरमा भिक्षु पञ्ञारत्नले बुद्धको ज्ञान, शिक्षा जनजनमा फैलाउन ज्ञानमाला भजन प्रभावकारी सिद्ध रहेको बताए।

समारोहमा काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले ज्ञानमाला भजनको संस्थागत विकास, घोषित उद्देश्य पुरा गर्नका लागि राज्यका निकायसंग समन्वय र सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरे। संघ, प्रदेश र स्थानीय तहमा बजेट विनियोजित गराई संस्थागत विकासलाई प्रभावकारी बनाउनुपर्ने पनि पूर्वमेयर शाक्यको कथन रहेको छ ।

समितिका महासचिव इन्द्रमुनि शाक्यले विभिन्न संस्था र व्यक्तिदिने आर्थिक सहयोगबाट समितिले काम गर्दै आएको बताउँदै अहिले हजारौ मानिसहरु यस अभियानमा जोडिएको बताए । समितिको शाखा विस्तार र भएका शाखाको सुदृढ तुल्याउन ब्ुद्ध शिक्षा, गीतसंगीत र प्रशासनिक ज्ञानको समन्वय र सन्तुलन हुनुपर्नेमा उनको भनाई थियो।

सो अवसरमा ज्ञानमाल भजन खलः स्वयम्भु र समितिको सात वटै क्षेत्रीय समितिले बुद्धको उपदेशमा आधारित विभिन्न ज्ञानमाला भजन प्रस्तुत गरेका थिए।समारोहमा समितिका सल्लाहकार किरणकुमार जोशी,काठमाडौं क्षेत्रीय उपसमितिका संयोजक तिर्थरत्न शाक्य लगायतले ज्ञानमाला भजन सामाजिक चेत, आध्यात्मिक जागरणमा पारेको प्रभावबारे केन्द्रीत आआफ्नो भनाई राखेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register