मेचीपुलबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको लागुऔषधसहित बिर्तामोडका युवा पक्राउ

झापा, २४ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो भद्रपुर नगरपालिका–५ स्थित मेचीबिटबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेको पैदल यात्री बिर्तामोड नगरपालिका–६ सरस्वती टोलका ३० वर्षीय सन्तोष भट्टराईले [...] The post मेचीपुलबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको लागुऔषधसहित बिर्तामोडका युवा पक्राउ appeared first on Jhapa Online.

Apr 6, 2025 - 17:46
 0
मेचीपुलबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको लागुऔषधसहित बिर्तामोडका युवा पक्राउ

झापा, २४ चैत । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगरसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो भद्रपुर नगरपालिका–५ स्थित मेचीबिटबाट खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेको पैदल यात्री बिर्तामोड नगरपालिका–६ सरस्वती टोलका ३० वर्षीय सन्तोष भट्टराईले मलद्वारभित्र प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ १० ग्राम ०१ मिलिग्राम फेला पारी नियन्त्रणमा लिई अनुसन्धान तथा कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post मेचीपुलबाट मलद्वारमा लुकाएर ल्याउँदै गरेको लागुऔषधसहित बिर्तामोडका युवा पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register