१६६ जना नेपाली कैदीलाई यूएईले दियो आममाफी

काठमाडौँ, १९ चैत । संयुक्त अरब इमिरेट्स (यूएई)ले त्यहाँका विभिन्न जेलमा रहेका १६६ जना नेपालीलाई आममाफी दिएको छ । आबुधावीस्थित नेपाली दूतावासले नेपाल सरकारको आग्रहमा १६६ जना नेपाली कैदीहरूलाई यूएई सरकारले आममाफी दिएको जानकारी गराएको हो । आममाफी मुस्लिम धर्मावलम्बीको पवित्र पर्व रमजान महिना तथा ईद पर्वको अवसरमा दिइएको दूतावासले उल्लेख गरेको छ । यसैगरी [...] The post १६६ जना नेपाली कैदीलाई यूएईले दियो आममाफी appeared first on Jhapa Online.

Apr 1, 2025 - 11:26
 0
१६६ जना नेपाली कैदीलाई यूएईले दियो आममाफी

काठमाडौँ, १९ चैत । संयुक्त अरब इमिरेट्स (यूएई)ले त्यहाँका विभिन्न जेलमा रहेका १६६ जना नेपालीलाई आममाफी दिएको छ ।

आबुधावीस्थित नेपाली दूतावासले नेपाल सरकारको आग्रहमा १६६ जना नेपाली कैदीहरूलाई यूएई सरकारले आममाफी दिएको जानकारी गराएको हो ।

आममाफी मुस्लिम धर्मावलम्बीको पवित्र पर्व रमजान महिना तथा ईद पर्वको अवसरमा दिइएको दूतावासले उल्लेख गरेको छ ।

यसैगरी परराष्ट्र मन्त्रालयले मानवीय आधारमा प्रदान गरिएको माफीलाई नेपाल–यूएई द्विपक्षीय सम्बन्धको सौहार्दताको प्रतीकका रूपमा लिएको उल्लेख गरेको छ ।

अबुधाबीस्थित नेपाली दूतावासमार्फत सरकारले आममाफीका लागि यूएई सरकारलाई आग्रह गरेको थियो ।

The post १६६ जना नेपाली कैदीलाई यूएईले दियो आममाफी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register