अर्जुनधारामा भूमि समस्या : ७ हजार ४०८ जनाको फाराम पेश

अर्जुनधारा, २४ चैत । झापाको अर्जुनधारा नगरपालिकामा भूमि समस्या समाधानका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको छ । अर्जुनधारा नगरपालिकामा आज भूमिहीन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा वर्तमान कानूनी व्यवस्था तथा अन्य सरोकारका सम्बन्धमा छलफल तथा अन्तक्रिया गरिएको हो । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङको अध्यक्षतामा भएको [...] The post अर्जुनधारामा भूमि समस्या : ७ हजार ४०८ जनाको फाराम पेश appeared first on Jhapa Online.

Apr 6, 2025 - 17:52
 0
अर्जुनधारामा भूमि समस्या : ७ हजार ४०८ जनाको फाराम पेश

अर्जुनधारा, २४ चैत । झापाको अर्जुनधारा नगरपालिकामा भूमि समस्या समाधानका लागि सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको छ ।

अर्जुनधारा नगरपालिकामा आज भूमिहीन दलित, भूमिहिन सुकुम्वासीलाई जग्गा वितरण तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा वर्तमान कानूनी व्यवस्था तथा अन्य सरोकारका सम्बन्धमा छलफल तथा अन्तक्रिया गरिएको हो ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो । अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख बलदेवले नगरका भूमी सम्बन्धी समस्याको जानकारी गराएका थिए ।

नगर प्रमुख बलदेवले नगरमा भूमि समस्या समाधान आयोग अन्तरगत बिभिन्न मितिमा सूचना प्रकाशित अनुसार भूमिहिन दलित २१९, भूमिहिन सुकुम्वासी ७९२ र अव्यवस्थित बसोबासी ६ हजार ३९५ गरी जम्मा ७ हजार ४०८ जनाको फाराम पेश गरेको विवरण जानकारी गराएका थिए ।

७ हजार ४०६ फारामहरु मध्ये प्रविष्टि गर्ने क्रममा पेश भएका लगभग २० प्रतिशत फारामहरु अपूर्णमा रहेको र आयोगलाई लिखित जानकारी गराए पनि हालसम्म त्यस बिषयमा जानकारी प्राप्त नभएको नगर प्रमुख बलदेवले बताएका छन् ।

यसैगरी अर्जुनधारा–१ मा राजश्व दर उच्च भएका कारण लाभग्राहीले राजश्व तिर्न नसको कारण १२५ वटा लालपूर्जा तयार भएर जिल्ला समिति रहेको, वडा नं. २ मा निस्सा वितरण भई केही निस्सा बितरण हुन बाँकि रहेको, वडा नं. ५ मा निस्सा वितरण भई ७५ बिगाहा जग्गासमेत नापजाँच भइसकेको, वडा नं.११ मा नापजाँचको कार्य सम्पन्न भएर ९ परिवारलाई लालपूर्जा बितरण गरिएको र वडा नं. ७ र ८ को निस्सा तयार भई वितरण गर्न बाँकी रहेकोसमेत नगर प्रमुख बलदेवले जानकारी गराएका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालले आगामी ३ बर्षभित्र भूमि सम्बन्धी सवै समस्या समाधन गर्ने गरी आयोगले काम गर्ने बताएका छन् । उनले आयोगलाई दिइएको अधिकारीको उच्च प्रयोग गरेर समस्यासँग सुधेर भएपनि आगामी ३ बर्षभित्रमा भूमि सम्बन्धी समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । उनले आयोगले करिव तीन बर्षको अवधिमा १३ लाख भूमिहीनको समस्या समाधान गर्ने बताएका छन् ।

कार्यक्रममा आयोगका बिज्ञ सदस्य जगतबहादुर बस्नेतले आयोगको आगामी काम, कर्तब्य र त्यसको बिधि प्रक्रियाका बारेमा आफ्नो प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाई, आयोगका झापा जिल्ला अध्यक्ष मदन अधिकारीलगायतले आ–आफ्ना भनाई राखेका थिए ।

स्वागत नगर उप–प्रमुख खड्गमाया पराजुलीले गरेको कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, जनप्रतिनिधि, कर्मचारी, स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय सामाजिक संघ/संस्थाका प्रमुख तथा प्रतिनिधि साथै सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

The post अर्जुनधारामा भूमि समस्या : ७ हजार ४०८ जनाको फाराम पेश appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register