आज गभर्नरको नियुक्ति नहुने !, कारण के ? 

काठमाडौँ । आज नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति नहुने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने भनिए पनि आज गभर्नरको नियुक्ति नहुने भएको हो ।  यसो त मन्त्रिपरिषद्को बैठक सोमबार दिउँसो बस्ने तय भएको थियो । त्यसअघि गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको बैठक बस्ने र गभर्नरका लागि मन्त्रिपरिषद्मा […]

Apr 7, 2025 - 13:42
 0
आज गभर्नरको नियुक्ति नहुने !, कारण के ? 

काठमाडौँ । आज नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति नहुने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने भनिए पनि आज गभर्नरको नियुक्ति नहुने भएको हो । 

यसो त मन्त्रिपरिषद्को बैठक सोमबार दिउँसो बस्ने तय भएको थियो । त्यसअघि गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको बैठक बस्ने र गभर्नरका लागि मन्त्रिपरिषद्मा नाम सिफारिस गर्ने भनिएको थियो । 

तर, सिफारिस समितिको बैठक नै बस्न नसकेपछि मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको एजेण्डा प्रस्तुत नगरिएको एक मन्त्रीले बताएका छन् । ती मन्त्रीका अनुसार बैठकमा एजेण्डा नै पेश नभएपछि आजको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिको निर्णय नगर्ने भएको छ ।’  

‘हुन त आजैको मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्त गर्ने भनिएको थियो । तर बैठकअघि बस्ने भनिएको सिफारिस समितिको बैठक नै बस्न सकेन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै ती मन्त्रीले भने, ‘त्यसैले आज मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको विषयमा कुनै पनि निर्णय नहुने भएको छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register