राष्ट्रिय बीमा कम्पनीको सीईओमा ४ जनाको नाम सर्टलिस्ट

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ४ जनाको नाम सर्टलिस्टमा परेको छ । अघिल्लो पटक सीईओका लागि आवेदन दिएका सबैजना परीक्षामा फेल भएपछि पुनः आवेदन दिएकाहरु मध्येबाट चारजनाको नाम सर्टलिस्ट गरिएको हो ।  कम्पनीको सीईओ छनौट समितिले सीईओका लागि आवेदन दिएका महेश रिजाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थीको नाम […]

Jan 8, 2025 - 10:36
 0
राष्ट्रिय बीमा कम्पनीको सीईओमा ४ जनाको नाम सर्टलिस्ट

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ४ जनाको नाम सर्टलिस्टमा परेको छ । अघिल्लो पटक सीईओका लागि आवेदन दिएका सबैजना परीक्षामा फेल भएपछि पुनः आवेदन दिएकाहरु मध्येबाट चारजनाको नाम सर्टलिस्ट गरिएको हो । 

कम्पनीको सीईओ छनौट समितिले सीईओका लागि आवेदन दिएका महेश रिजाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थीको नाम सर्टलिस्ट गरेको हो । 

उनीहरु चारैजनालाई समितिले अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि माघ ४ र ५ गते बोलाएको छ । कम्पनीका अनुसार माघ ४ गते प्रस्तुतीकरण हुनेछ भने ५ गते अन्तर्वार्ता हुनेछ । अन्तर्वार्ता तथा प्रस्तुतीकरण काठमाडौँको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा हुनेछ । 

यसअघि कम्पनीले असोज १६ गते पहिलो पटक सीईओका लागि आवेदन मागेको थियो । आवेदन दिएका चारजना प्रतिस्पर्धीहरू सबैजना अन्तर्वार्तामा फेल भएका थिए । त्यसपछि कम्पनीले मंसिर ६ गते पुनः सीईओका लागि आवेदन मागेको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register