लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा

विराटनगर, २६चैत्र । झापा, मोरङ र सुनसरी जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र २५ गते लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा परेका छन् । गोप्य सुचनाको आधारमा झापाको प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका–४ का २३ बर्षीय उमेश गिरीलाई उनकै घरबाट २ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै बिक्री बितरणमा संलग्न गौरादह–२ [...] The post लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा appeared first on Jhapa Online.

Apr 8, 2025 - 09:31
 0
लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा

विराटनगर, २६चैत्र । झापा, मोरङ र सुनसरी जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र २५ गते लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा परेका छन् ।

गोप्य सुचनाको आधारमा झापाको प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका–४ का २३ बर्षीय उमेश गिरीलाई उनकै घरबाट २ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै बिक्री बितरणमा संलग्न गौरादह–२ का २४ बर्षीय मनोज भारतीलाई समेत नियन्त्रणमा लिएको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका(८ का २८ बर्षीय मिलन थापा र ३९ बर्षीय केशर कुमार मगरलाई ब्राउन सुगर २ ग्राम ६० मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको हो भने सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मकवानपुर जिल्लाको हेटौडा उप–महानगरपालिका–११ का ३२ बर्षीय राजेश लामा र २१ बर्षीय समिर क्षेत्रीलाई १ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर, मोरङको केराबारी गाउँपालिका–१० का ३१ बर्षीय तेज बहादुर तामाङ् र केराबारी–७ की २७ बर्षीया फुलमाया लिम्बुलाई १ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

The post लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register