AT_Alert को नाममा मोबाइलमा यस्तो मेसेज आयो ? क्लिक नगर्नुहोस्, इसेवा अकाउन्ट नै रित्तिएला
काठमाडौं । डिजिटल वालेट इसेवाले आफ्नो नाम दुरुपयोग गरी फिशिङ आक्रमण भएको भन्दै प्रयोगकर्तालाई सचेत गराएको छ । मङ्गलबार सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै कम्पनीले फिशिङ आक्रमणबाट सचेत रहन सुझाव दिएको हो । पछिल्लो समय ‘एटी_अलर्ट’ (AT_Alert) नामबाट शङ्कास्पद लिङ्कसहितको एसएमएस पठाई क्लिक गर्न लगाएर फिशिङ आक्रमण भइरहेको भन्दै इसेवाले आफ्ना प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको छ । “यी सन्देशहरू ईसेवाबाट पठाइएका होइनन् र यस्ता भ्रामक सन्देशको पछि लागेर कुनै पनि लिङ्कमा क्लिक नगर्न तथा आफ्नो व्यक्तिगत ...

What's Your Reaction?






