समाजवाद निर्माणको मुख्य आधार कृषि : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका छन् । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार […]

Feb 8, 2025 - 09:12
 0
समाजवाद निर्माणको मुख्य आधार कृषि : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार भएकाले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनीतिक महत्वलाई आत्मसात गरेर उत्पादनका निमित्त सङ्घर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रुपान्तरणमा जोड दिने नीति लिएको उनले बताए ।

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासको मूल आधार कृषि उत्पादनमा वृद्धि र कृषिमा आधारित औद्योगिकरणको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले दलाल, नोकरशाही, पुँजीपति र विचौलियाले निजीकरण र उदारीकरणका नाममा राष्ट्रिय अर्थतन्त्रको विकासलाई तहसनहस बनाएको तथ्यलाई ध्यान दिएर अब क्रान्तिकारीहरुले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकरणको मौलिक बाटो समात्नुपर्ने बताए ।

स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरुको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले पार्टीले लिएको पछिल्लो निर्णय किसान महासङ्घले आम किसानको बीचमा लैजानुपर्ने बताए ।

आफ्नो पार्टीबाट जितेका पालिकाका जनप्रतिनिधिहरुलाई राष्ट्रिय भेला गरेर स्थानीय तहमा समाजवादको अभ्याससम्बन्धी प्रशिक्षण दिने कार्यक्रम बनाइएको पनि उहाँले जानकारी दिए ।

चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरुले कृषिलाई बेस (आधार) र सूचना प्रविधिलाई लिड (नेतृत्व)को रुपमा स्थापित गरेको जानकारी दिँदै पूर्वप्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register