संसदीय समितिमा सत्तारूढ गठबन्धन : तीनकुने घटनामा पूर्व राजालाई जिम्मेवार बनाऔँ
काठमाडौं ।चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार बनाउनुपर्ने सत्तारूढ काङ्ग्रेस र एमालेले मत राखेका छन् । प्रतिनिधसभाको कानुन न्याय तथा मावनअधिकार समितिको बैठकमा काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले तीनकुने घटनाबारे सोधपूछका लागि पूर्व राजा ज्ञानेन्द्रलाई समितिमा बोलाउनुपर्ने माग गरे । चैत्र १५ मा तीनकुनेमा भएको प्रदर्शनमा शाहको संलग्नता रहे नरहेको […]

काठमाडौं ।चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार बनाउनुपर्ने सत्तारूढ काङ्ग्रेस र एमालेले मत राखेका छन् । प्रतिनिधसभाको कानुन न्याय तथा मावनअधिकार समितिको बैठकमा काङ्ग्रेसका सहमहामन्त्री जीवन परियारले तीनकुने घटनाबारे सोधपूछका लागि पूर्व राजा ज्ञानेन्द्रलाई समितिमा बोलाउनुपर्ने माग गरे ।
चैत्र १५ मा तीनकुनेमा भएको प्रदर्शनमा शाहको संलग्नता रहे नरहेको विषयमा सोधपूछ गर्नुपर्ने उनले बताए ।‘चैत १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारेमा विभिन्न विचारहरू आउन थालेका छन्,’ उनले भने, ‘सभापतिज्यू, पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो समितिमा बोलाऔं र सोधौं- यो मानव अधिकार उल्लंघनको घटना हो कि होइन, तपाईंले गरेको हो कि होइन? तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनु हुन्छ, के हो कुरा? यसका बारेमा पनि छलफल गर्न आवश्यक छ।’
बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्व राजा ज्ञानेन्द्रको वक्तव्यको पृष्ठभूमीमा तीनकुने घटना भएको जिकिर गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा एमालेका प्रमुख सचेतक बर्तौलाले घटनामा पूर्व राजालाई पनि जवाफदेही बनाउनुपर्ने माग गरे । ‘त्यो घटनाको अनुसन्धान प्रक्रियामा पूर्वराजालाई पनि कहीँ न कहीँ जवाफदेहितामा ल्याइनुपर्छ,’ उनले भने, ‘उहाँलाई पनि प्रश्नको दायरामा, जवाफदेहिताको दायरामा ल्याउनुपर्छ ।’
शुक्रबारको समितिको बैठकमा गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकायका अधिकारीहरू पनि सहभागी छन् ।
What's Your Reaction?






