धवलशमशेर हिरासतबाट छुट्ने आसमा प्रहरी परिसर पुगे राप्रपा नेता (तस्वीरहरू)

काठमाडौं । प्रहरी हिरासतमा रहेका पार्टीका महामन्त्री धवलशमशेर राणा छुट्ने आसमा राप्रपा नेताहरु जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् । तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई क्यान्सरको उपचारका लागि फलोअपमा भारत जानुपर्ने भएकाले छाड्ने तयारी भइरहेको बताइएको छ । तर, प्रहरीले यसबारे आधिकारिक रुपमा केही भनेको छैन । राजावादी समूहले गत चैत १५ गते तीनकुनेमा गरेको […]

Apr 18, 2025 - 11:50
 0
धवलशमशेर हिरासतबाट छुट्ने आसमा प्रहरी परिसर पुगे राप्रपा नेता (तस्वीरहरू)

काठमाडौं । प्रहरी हिरासतमा रहेका पार्टीका महामन्त्री धवलशमशेर राणा छुट्ने आसमा राप्रपा नेताहरु जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् ।

तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई क्यान्सरको उपचारका लागि फलोअपमा भारत जानुपर्ने भएकाले छाड्ने तयारी भइरहेको बताइएको छ । तर, प्रहरीले यसबारे आधिकारिक रुपमा केही भनेको छैन ।

राजावादी समूहले गत चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएसँगै राणा सोही दिन पक्राउ परेका थिए ।

क्यान्सरका बिरामी उनलाई उपचार गर्नबाट वञ्चित गर्न खोजिएको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो ।

तस्वीर – 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register