काङ्ग्रेस नेता विश्वकर्माविरुद्ध साम्पाङ पुगे अख्तियार

काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाली काङ्ग्रेस नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् । पूर्व सांसद समेत रहेका विश्वकर्माविरुद्ध मेयर साम्पाङले  छानबीन गरी दोषी पाइएमा कानुनी कारवाहीको माग गर्दे आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् । उजुरीमा सापाङले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउन  माग गरेका छन् । […]

Feb 7, 2025 - 15:03
 0
काङ्ग्रेस नेता विश्वकर्माविरुद्ध साम्पाङ पुगे अख्तियार

काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाली काङ्ग्रेस नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।

पूर्व सांसद समेत रहेका विश्वकर्माविरुद्ध मेयर साम्पाङले  छानबीन गरी दोषी पाइएमा कानुनी कारवाहीको माग गर्दे आयोगको इटहरीस्थित कार्यालयमा उजुरी हालेका हुन् ।

उजुरीमा सापाङले विश्वकर्माले २१ करोड रुपैयाँको हिसाब किताब देखाउन  माग गरेका छन् ।

विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताए पनि उपमहानरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको   उजुरीमा उल्लेख छ ।

बाँकी २१ करोड ९३ लाख २४ हजार ३७९ रुपैयाँ के, कसरी, कहाँ खर्च भयो त्यसको हिसाब विश्वकर्माले दिनुपर्ने र  हिसाब नदेखाएमा कानुन बमोजिम कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

यस्तो छ साम्पाङले विश्वकर्माविरुद्ध अख्तियारमा दिएको उजुरी-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register