बयान लिएर दुर्गा प्रसाईंलाई अदालत लगियो (तस्वीरहरू)

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालत लगिएको छ । सरकारी वकिलको कार्यालयमा बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद लिन अदालत लगिएको हो । प्रसाईंलाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो । प्रसाईं […]

Apr 11, 2025 - 09:51
 0
बयान लिएर दुर्गा प्रसाईंलाई अदालत लगियो (तस्वीरहरू)

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

सरकारी वकिलको कार्यालयमा बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद लिन अदालत लगिएको हो ।

प्रसाईंलाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो ।

प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो ।

तस्वीर –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register