ओडिसामा नेपाली विद्यार्थी आन्दोलनको सुनुवाइ, केआईआईटी कलेजमा हेल्प डेस्क गठन

काठमाडौं । भारतको ओडिसा राज्यस्थित भुवनेश्वमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा नेपाली विद्यार्थीको आन्दोलनको सुनुवाइ गर्दै ‘हेल्प डेस्क’ गठन गरिएको छ । आईएएस, उच्च शिक्षा निर्देशक कालीप्रसन्न मोहोपात्राको नेतृत्वमा ९ सदस्यीय सहायता कक्ष गठन गरिएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही फागुन ४ गते त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको […]

Feb 20, 2025 - 02:32
 0
ओडिसामा नेपाली विद्यार्थी आन्दोलनको सुनुवाइ, केआईआईटी कलेजमा हेल्प डेस्क गठन

काठमाडौं । भारतको ओडिसा राज्यस्थित भुवनेश्वमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा नेपाली विद्यार्थीको आन्दोलनको सुनुवाइ गर्दै ‘हेल्प डेस्क’ गठन गरिएको छ ।

आईएएस, उच्च शिक्षा निर्देशक कालीप्रसन्न मोहोपात्राको नेतृत्वमा ९ सदस्यीय सहायता कक्ष गठन गरिएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही फागुन ४ गते त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणलाई लिएर विद्यार्थीहरूले आन्दोलन गरेको थिए । यसपछि उल्टै आन्दोलनरत विद्यार्थीलाई कलेजबाट लखेटिएको विषय बाहिरिएको थियो । यसको सर्वत्र विरोध भएपछि नेपाली विद्यार्थीहरूलाई कजेजमा फिर्ता बोलाइएको थियो ।

एक युवाले गरेको दुव्र्यवहार सहन नसकेर प्रकृतिले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस प्रकारमा प्रशासनका ३ सहित ६ जना पक्राउ परिसकेका छन् ।

प्रकृतिको शव भने नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register