त्रिवि उपकुलपतिले काम गर्न सकेनछन् राजीनामा दिए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले  काम गर्न नसकेकाले राजीनामा दिएको बताएका छन् । बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले उपकुलपति बरालले काम गर्न नसकेकाले राजीनामा दिएको बताएका हुन् । ‘उपकुलपतिले काम गर्न सकेनछन् । राजीनामा दिएछन्,’ उनले भने । उपकुलपतिको राजीनामाबारे सञ्चारमाध्यमले अफवाह फैलाएको उनले बताए । ‘अखबारले राजीनामा […]

Apr 11, 2025 - 11:06
 0
त्रिवि उपकुलपतिले काम गर्न सकेनछन् राजीनामा दिए : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले  काम गर्न नसकेकाले राजीनामा दिएको बताएका छन् ।

बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले उपकुलपति बरालले काम गर्न नसकेकाले राजीनामा दिएको बताएका हुन् । ‘उपकुलपतिले काम गर्न सकेनछन् । राजीनामा दिएछन्,’ उनले भने ।

उपकुलपतिको राजीनामाबारे सञ्चारमाध्यमले अफवाह फैलाएको उनले बताए । ‘अखबारले राजीनामा स्वकीकृत गर्देनन् भनेछन् । न भेटेको छ न म कहाँ राजीनामा आएको छ । कोही मार्फत पठाएको थियो अरे राजीनामा आएपछि त मैले स्वीकृत गरिदिएँ त,’ उनले भने ।

उपकुलपति र प्रधानमन्त्रीको द्वन्द्व भनेर अखरबाजी भएको उनले बताए । ‘प्रधानमन्त्री र उपकुलपतिको द्वन्द्व, भीडन्त, लफडा भनेको छ कहाँबाट आयो यस्तो कुरा अचम्म छ,’ उनले भने  ।

उपकुलपति बरालले प्रधानमन्त्रीले नीति तथा कार्यक्रम स्वीकृत नगरेपछि राजीनामा दिएको बताएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register