काँचो चामल खान मन लाग्नु स्वास्थ्य समस्याको सङ्केत

काठमाडौं । के तपाईं पनि ती महिलाहरूमध्ये एक हुनुहुन्छ जसलाई काँचो चामल खान मनपर्छ । स्त्रीरोग विशेषज्ञका अनुसार यी सबै लक्षणहरू एनिमियाका हुन् । एनिमिया रगतको कमीबाट हुने रोग हो जुन महिलाहरूमा बढी देखिन्छ । यस्तो अवस्थामा एनिमिया के हो, महिलाहरूलाई किन हुन्छ र एनिमिया भएको बेलामा के कुराहरूको ध्यान राख्नु आवश्यक छ भन्ने कुरा […]

Apr 11, 2025 - 11:00
 0
काँचो चामल खान मन लाग्नु स्वास्थ्य समस्याको सङ्केत

काठमाडौं । के तपाईं पनि ती महिलाहरूमध्ये एक हुनुहुन्छ जसलाई काँचो चामल खान मनपर्छ ।

स्त्रीरोग विशेषज्ञका अनुसार यी सबै लक्षणहरू एनिमियाका हुन् । एनिमिया रगतको कमीबाट हुने रोग हो जुन महिलाहरूमा बढी देखिन्छ । यस्तो अवस्थामा एनिमिया के हो, महिलाहरूलाई किन हुन्छ र एनिमिया भएको बेलामा के कुराहरूको ध्यान राख्नु आवश्यक छ भन्ने कुरा जानौँ ।

एनिमिया केवल हेमोग्लोबिनको कमीले मात्र हुँदैन, तपाईंको आइरन स्टोर्स प्रभावित भइरहेका छन् वा फेरिटिन स्तरहरू (फेरिटिन एक प्रकारको प्रोटिन हो, जसले आइरनलाई सञ्चित गरेर राख्छ) को अवस्था कस्तो छ भन्नेमा पनि भरपर्छ ।

आइरनको कमीले मात्र एनिमिया हुँदैन । भिटामिन बी१२ सहित अन्य धेरै भिटामिन छन्, जसको कमीले एनिमिया हुनसक्छ ।

डाक्टरकाअनुसार यदि तपाईं केवल आइरन सप्लिमेन्टहरू मात्र लिँदै हुनुहुन्छ भने पनि एनिमिया हुँदैन भनेर ढुक्क हुनु गलत हो । यदि तपाईं आइरनको गोली चिया वा कफीसँग लिँदै हुनुहुन्छ, दूध वा दूधबाट बनेको कुनै कुरा अर्थात् क्याल्सियमले भरिपूर्ण खानाहरूसँग आइरन लिनुहुन्छ भने आइरनको सही तरिकाले अवशोषण हुन सक्दैन । आइरन सप्लिमेन्टहरू भिटामिन सीका स्रोतहरूसँग खानु राम्रो हुन्छ वा तपाईं खालि पेटमा पानीसँग मात्र पनि लिन सक्नुहुन्छ ।

डाक्टरकाअनुसार केवल हरियो सागपात खाँदैमा आइरन प्राप्त हुँदैन । पालुङ्गो आइरनले भरिपूर्ण हुन्छ तर यसमा अक्जलेट्स हुन्छन्, जसले आइरनको अवशोषण राम्रोसँग हुन दिँदैनन् । शरीरलाई आइरन सोस्नको लागि सही खाद्य संयोजनको आवश्यकता पर्छ ।

यदि महिनावारीको समयमा भारी रक्तस्राव हुन्छ भने एनिमिया हुन सक्छ । यदि तपाईंलाई फाइब्रोइड्स छन्, हार्मोनल असन्तुलन छ वा अन्य कुनै चिकित्सकीय अवस्था छ जसको कारणले गर्दा रक्तस्राव बढी भइरहेको छ भने एनिमिया देखा पर्न सक्छ ।

एनिमियाका अन्य लक्षण

धेरै थकान हुनु वा कपाल झर्न सुरु हुनु एनिमियाको लक्षण हुन सक्छ । तर, केवल थकान वा कमजोरी हुनु मात्र एनिमियाको लक्षण होइनन् । कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्नु, कुराहरू सम्झन नसक्ने, दिमागमा अन्योल हुनु, रातमा अशान्ति महसुस गर्नु, चिन्ता हुनु, धेरै खाने चाहना हुनु वा बरफ चपाउने इच्छा हुनु एनिमियाका लक्षणहरू हुन् ।

जुन महिलाहरूलाई काँचो चामल खाने इच्छा हुन्छ, त्यसलाई पिका भनिन्छ । काँचो चामल खाने इच्छा हुनु एनिमियाको लक्षण हो ।

एनिमिया भए के गर्ने ?

यदि तपाईंलाई वा तपाईं चिनेको व्यक्तिलाई एनिमिया भएको शङ्का लागेको छ भने डाक्टरसँग सल्लाह र परीक्षण गर्नुपर्छ । कुन प्रकारको एनिमिया हो र के कारणले भएको हो भन्ने पत्ता लगाएपछि मात्र त्यसको सही उपचार गर्न सकिन्छ ।

एनिमियाको आत्म–निदान वा आफूखुसी उपचार नगर्नुहोस् । हरेक प्रकारको एनिमियाको कारण र उपचार फरक–फरक हुन्छ । डाक्टरलाई तपाईंको लक्षण, रोग र लिइरहनुभएको औषधि को जानकारी दिनुहोस् । जसले गर्दा डाक्टरलाई सही निदान र उपयुक्त उपचारको योजना बनाउन सहयोग पुग्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register