टी-२०आईमा आज नेपाल र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दै

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज  घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल ग्लासगोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ। यसअघि यी दुई टोली सन् २०१३ को टी-२० विश्वकप छनोटमा भिडेका थिए, जहाँ नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो। सन् २०१३ को स्कटल्याण्ड टोलीका माइकल लिस्क […]

Jun 17, 2025 - 03:52
 0
टी-२०आईमा आज नेपाल र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दै

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज  घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल ग्लासगोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ।

यसअघि यी दुई टोली सन् २०१३ को टी-२० विश्वकप छनोटमा भिडेका थिए, जहाँ नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो।

सन् २०१३ को स्कटल्याण्ड टोलीका माइकल लिस्क र सफियान शरिफ  वर्तमान टोलीमा पनि सहभागी छन्। नेपालले टी-२०आई मान्यता पाएपछि स्कटल्याण्डसँग कुनै खेल खेलेको थिएन । स्कटल्याण्डसँग नेपालको यो पहिलो भेट हो ।

यसअघि नेपालले  आफ्नो पहिलो खेलमा  नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा रोमाञ्चक हार बेहोरेको थियो।  यता, स्कटल्याण्डले भने शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register