वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको मङ्गलबार बसेको ४४औँ बैठकले उक्त निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । बैठकले यही माघदेखि चैत्रसम्म वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति परिचालनको योजना […]

Jan 22, 2025 - 00:12
 0
वामदेव नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय सचिवालयको मङ्गलबार बसेको ४४औँ बैठकले उक्त निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

बैठकले यही माघदेखि चैत्रसम्म वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र अभियानमा सम्पूर्ण पार्टी पङ्क्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने समेत निर्णय गरेको उनले जानकारी दिए ।

साथै बैठकले अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने र पार्टीको विधान महाधिवेशन २०८२ साल भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना गर्ने समेत निर्णय गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register