कमल थापाले जिते टेनिस उपाधी

काठमाडौं । काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् । काठमाडौंको मण्डिखाटारमा आयोजित “AMATEUR TENNIS TOURNAMENT-2025” मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधी जित्न सफल भएका हुन् । आज बिहान भएको फाईनल खेलमा सिङ्गल तर्फको फाईनलमा कर्मा […]

Apr 12, 2025 - 04:42
 0
कमल थापाले जिते टेनिस उपाधी

काठमाडौं ।

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् ।

काठमाडौंको मण्डिखाटारमा आयोजित “AMATEUR TENNIS TOURNAMENT-2025” मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधी जित्न सफल भएका हुन् ।

आज बिहान भएको फाईनल खेलमा सिङ्गल तर्फको फाईनलमा कर्मा घलेलाई ६-०,६-० को सोझो सेटमा पराजित गरेका थिए ।

यसैगरी डबल्स तर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटिको जोडिलाई ६-२, ६-३ को सेटमा जित निकालेका थिए । थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखी निरन्तर आफ्नो उमेर समुहको शिर्ष स्थानमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register