चार्जिङ सेन्टरको पर्किङ्गस्थलबाट माइक्रोबस चोरी, एक जना पक्राउ

काठमाडौँ। काठमाडौँको बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको माइक्रोबस चोरी भएको छ । चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भइ बनस्थली बस्ने १९ वर्षीय सुदीप थापा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा […]

May 15, 2025 - 14:57
 0
चार्जिङ सेन्टरको पर्किङ्गस्थलबाट माइक्रोबस चोरी, एक जना पक्राउ

काठमाडौँ।

काठमाडौँको बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको माइक्रोबस चोरी भएको छ । चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भइ बनस्थली बस्ने १९ वर्षीय सुदीप थापा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

२९ चैतमा साढे ४ बजेतिर बनस्थलीको विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरमा राखेको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको मोइक्रोबस उनले चोरी गरेको प्रहरीले बताएको छ।

पक्राउ परेका थापाविरुद्ध चोरी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register