दिल्लीको विजय यात्रामा ‘ब्रेक’

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सको विजय यात्रामा ‘ब्रेक’ लागेको छ । दिल्लीमा आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सले घरेलु टोलीमाथि १२ रनको जित हासिल गरेको हो । मुम्बईले दिएको २०६ रनको विशाल लक्ष्य दिल्लीले भेट्टाउन सकेन । दिल्ली १९ ओभरमा १९३ रन बनाएर अलआउट भयो । दिल्लीका करुण नइरले अर्धशतकीय […]

Apr 14, 2025 - 03:36
 0
दिल्लीको विजय यात्रामा ‘ब्रेक’

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सको विजय यात्रामा ‘ब्रेक’ लागेको छ ।

दिल्लीमा आइतबार राति भएको खेलमा मुम्बई इन्डियन्सले घरेलु टोलीमाथि १२ रनको जित हासिल गरेको हो ।

मुम्बईले दिएको २०६ रनको विशाल लक्ष्य दिल्लीले भेट्टाउन सकेन । दिल्ली १९ ओभरमा १९३ रन बनाएर अलआउट भयो ।

दिल्लीका करुण नइरले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । उनले ४० बलमा ८९ रन जोडे । उनी खेलको सबैभन्दा मूल्यवान खेलाडी घोषित भए ।

मुम्बईका लागि कर्ण शर्माले सर्वाधिक ३ विकेट लिए । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले सर्वाधिक रन बनाए । उनले ५९ रनको अर्धशतकीय पारी खेले ।

दिल्लीका कुलदीप यादवले कसिलो बलिङ गर्दै २ विकेट लिए ।

जारी प्रतियोगितामा दिल्लीको पहिलो पराजय हो । ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको दिल्लीले यसअघि खेलेका ४ वटै खेल जितेको थियो ।

यता मुम्बईले भने ६ खेलमा दोस्रो जित हासिल गरेको हो । मुम्बई ४ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।

आइतबार नै भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले राजस्थान रोयल्समाथि ९ विकेटको शानदार जित हासिल गरेको थियो ।

राजस्थानमाथि शानदार जित हासिल गर्दै बैङ्गलोर तेस्रो स्थानमा

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register