हर्षोल्लासका साथ मनाइँदै सिरुवा पर्व

झापा, २ बैशाख । नयाँ वर्षको पूर्व सन्ध्यामा तराई मधेशमा मनाइने सिरुवा पर्व शुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवाको पहिलो दिन मोरङमा काद सिरुवा मनाइएको छ । मोरङका कोच राजवंशी समुदायले एक अर्कालाई हिलो छ्यापाछ्याप गर्दै काद सिरुवा मनाएका हुन् । मोरङका कोच राजवंशी समुदायले नयाँ बर्ष बैशाख १ को पूर्व सन्ध्याबाट तीन [...] The post हर्षोल्लासका साथ मनाइँदै सिरुवा पर्व appeared first on Jhapa Online.

Apr 15, 2025 - 04:57
 0
हर्षोल्लासका साथ मनाइँदै सिरुवा पर्व

झापा, २ बैशाख । नयाँ वर्षको पूर्व सन्ध्यामा तराई मधेशमा मनाइने सिरुवा पर्व शुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवाको पहिलो दिन मोरङमा काद सिरुवा मनाइएको छ ।

मोरङका कोच राजवंशी समुदायले एक अर्कालाई हिलो छ्यापाछ्याप गर्दै काद सिरुवा मनाएका हुन् । मोरङका कोच राजवंशी समुदायले नयाँ बर्ष बैशाख १ को पूर्व सन्ध्याबाट तीन दिनसम्म सिरुवा पर्व मनाउँछन् । तराईका अन्य जिल्लाहरुमा बैशाख १ देखि ३ गतेसम्म सिरुवा मनाउने गरिए पनि मोरङका कोच राजवंशी समुदायले भने चैत महिनाको अन्तिम दिनबाटै सिरुवा मनाउन शुरु गर्छन् ।

काद सिरुवा अर्थात हिलो खेल्दै उनीहरुको सिरुवा पर्व शुरु हुन्छ । सो अवसरमा मोरङको कटहरी गाउँपालिकास्थित राजवंशी समाज विकास समिति र राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रले काद सिरुवा पर्वको आयोजना गरेको हो ।

सो अवसरमा कटहरी–३ मा रहेको ग्रामथानमा भेला भएका समुदायका युवायुवतीसहित सबैले एकअर्कालाई हिलो छ्यापाछ्याप गरि काद सिरुवा मनाएका हुन् । बिदा हुन लागेको बर्षमा भए गरेका गल्तीहरुलाई हिलोसँगै पखालेर नयाँ वर्षको स्वागत गर्न काद सिरुवा मनाउने गरिएको राजवंशी समाज विकास समितिका बरिष्ठ सल्लाहकार भीमराज राजवंशीले बताए ।

सिरुवा आउनुभन्दा १५ दिन अगावैबाट यो पर्वको तयारी शुरु हुने गरेको छ । नयाँ बर्ष हरेक हिसाबले शुभ रहोस् कामनाका साथ पहिलो दिन काद सिरुवा, दोस्रो दिन पानी सिरुवा र तेस्रो दिन रङ सिरुवा मनाउने गरिएको कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले जानकारी दिइन् ।

सिरुवा पर्व शुरु गर्नुअघि ग्राम देउतालाई प्रसाद, नैवेद्य र दूध अर्पण गरी सुखशान्तिको कामना गरिन्छ । त्यसलगत्तै सिरुवाको रमाइलो शुरु हुन्छ । हिलो सिरुवा खेल्ने क्रममा एकअर्कालाई हिलोकै टीका लगाई आफू भन्दा ठुलाबाट आशीर्वाद थाप्ने गरिन्छ भने चेलीबेटीलाई माइतमा आमन्त्रण गर्ने चलन समेत छ । सिरुवालाई नयाँ बर्षको शुरुआत गर्ने पर्वका रुपमा लिन सकिने राजवंशी समाज विकास समितिका अध्यक्ष सुबन्त राजवंशीले बताए ।

मिथिलाञ्चल सहित तराईका जिल्लाहरुमा समेत तीन दिनसम्म पानी, माटो र रङ खेलेर धुमधामसँग सिरुवा पर्व मनाइन्छ । सिरुवा राजवंशी, ताजपुरिया, गन्गाईं, थारू, माझी, मेचे, उराव, किसान, धिमाललगायत आदिवासी समुदायले समेत सांस्कृतिक पर्वको रुपमा मनाउँछन् ।

सिरुवाको अवसरमा वैशाख १ गतेबाट सुनसरी, मोरङ र झापाका विभिन्न ग्रामीण बस्तीहरुमा फरक फरक ठाउँमा एक महिनासम्म पारम्परिक मेला समेत लाग्ने गर्छ ।

The post हर्षोल्लासका साथ मनाइँदै सिरुवा पर्व appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register