मधेसमा आज सार्वजनिक बिदा

जनकपुरधाम । तराई–मधेसमा आज जुडशीतल पर्व मनाइँदैछ । घरपरिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने चलन रहिआएको छ । यस पर्वका अवसरमा मधेस प्रदेश सरकारले आज (मङ्गलबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जुडशीतल पर्वले सामाजिक सद्भाव, स्वास्थ्य र पर्यावरणीय […]

Apr 15, 2025 - 05:02
 0
मधेसमा आज सार्वजनिक बिदा

जनकपुरधाम । तराई–मधेसमा आज जुडशीतल पर्व मनाइँदैछ । घरपरिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने चलन रहिआएको छ ।

यस पर्वका अवसरमा मधेस प्रदेश सरकारले आज (मङ्गलबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जुडशीतल पर्वले सामाजिक सद्भाव, स्वास्थ्य र पर्यावरणीय चेतनाको सन्देश दिने बताएका छन् ।

मुख्यमन्त्री सिंहद्वारा जारी शुभकामना सन्देशमा जुडशीतल पर्वलाई धार्मिक, सांस्कृतिक र वैज्ञानिक दृष्टिकोणले महत्वपूर्ण पर्वको रुपमा उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register