संवैधानिक आयोगमा नियुक्ति विवाद : आज सुनुवाइ हुँदै

काठमाडौं । संवैधानिक आयोगहरूमा पदाधिकारीविरुद्ध परेका रिटमा (आज) बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । गएको ३० माघ २०८१ देखि निरन्तर सुनुवाइ भइरहेको यो मुद्दामा आजसमेत सुनुवाइ हुँदैछ । करिब एक दर्जन रहेका नियुक्ति विवाद सम्बन्धिका रिटहरू प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको […]

Apr 16, 2025 - 06:39
 0
संवैधानिक आयोगमा नियुक्ति विवाद : आज सुनुवाइ हुँदै

काठमाडौं । संवैधानिक आयोगहरूमा पदाधिकारीविरुद्ध परेका रिटमा (आज) बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । गएको ३० माघ २०८१ देखि निरन्तर सुनुवाइ भइरहेको यो मुद्दामा आजसमेत सुनुवाइ हुँदैछ ।

करिब एक दर्जन रहेका नियुक्ति विवाद सम्बन्धिका रिटहरू प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासमा एकसाथ सुनुवाइ हुनेछ ।

निवेदकका तर्फबाट अधिवक्ताहरू ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेलको रिट निवेदनमाथिको बहस सकिएको छ ।
बाँकी रिटमा निवेदक र वकालतनामा भरेका कानुन व्यवसायीले बुधबारेदेखि बहस गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालका बेलामा संवैधानिक परिषदबाट ५२ पदाधिकारीहरूको सिफारिस गराएका थिए ।

संसदीय सुनुवाइबिना अध्यादेशको भरमा भएको सिफारिसपछि उनीहरू नियुक्त भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register