बोनम्यारोपीडित बिर्तामोड–५ का चार वर्षीय बालक उज्वलको सहयोगको अपिल

झापा, ३ बैशाख । आर्थिक अभावले बिर्तामोडका एक बालकको उपचारमा समस्या भएको छ । बिर्तामोड–५ जात्रुवारीका बोनम्यारोपीडित चार वर्षीय बालक उज्वल ठाकुरको उपचारमा आर्थिक अभाव भएको हो । बुवा मुकेश ठाकुर र आमा पिंकी राजवंशी ठाकुरले छोरा उज्वलको बोनम्यारोमा समस्या आएपछि आर्थिक अभावले उपचारमा समस्या आएको जानकारी दिए । चिकित्सकको परामर्श पश्चात भारतको चेन्नईमा उपचारका [...] The post बोनम्यारोपीडित बिर्तामोड–५ का चार वर्षीय बालक उज्वलको सहयोगको अपिल appeared first on Jhapa Online.

Apr 16, 2025 - 06:44
 0
बोनम्यारोपीडित बिर्तामोड–५ का चार वर्षीय बालक उज्वलको सहयोगको अपिल

झापा, ३ बैशाख । आर्थिक अभावले बिर्तामोडका एक बालकको उपचारमा समस्या भएको छ । बिर्तामोड–५ जात्रुवारीका बोनम्यारोपीडित चार वर्षीय बालक उज्वल ठाकुरको उपचारमा आर्थिक अभाव भएको हो ।

बुवा मुकेश ठाकुर र आमा पिंकी राजवंशी ठाकुरले छोरा उज्वलको बोनम्यारोमा समस्या आएपछि आर्थिक अभावले उपचारमा समस्या आएको जानकारी दिए । चिकित्सकको परामर्श पश्चात भारतको चेन्नईमा उपचारका लागि लैजानुपर्ने छोरालाई आर्थिक अभावमा उपचार गराउन समस्या भएपछि ठाकुर परिवार अहिले ठुलो संकटमा छ ।

बालकलाई चिकित्सकले भारतको चेन्नईमा लैजान सुझाएको तर, आर्थिक अभावका कारण लैजान नसकिएको ठाकुरले बताए । डाक्टरले उनको थप उपचारका लागि २५ लाख भारु करीब नेपाली ४० लाख रुपैंया लाग्ने भनेपछि समस्या भएको ठाकुरको भनाई छ ।

उनीहरुले यस अघि पनि रोग पहिचानकालागि बिर्तामोडको कन्काई, बिएण्डसी हुंदै भारतका बिभिन्न अस्पताल पु¥याउंदा करीब २० लाख रुपैंया खर्च भइसकेको जनाएका छन् । दाता सहित आफन्तसंग ऋण खोजेर उपचार गरिएको मुकेशले बताए ।

आर्थिक अवस्था कमजोर रहेका बालकका बुबा मुकेशको बिर्तामोड स्थित इलाका प्रहरी कार्यालय दक्षिण पट्टि सानो सैलुन छ । उनले त्यहींबाट हुने आम्दानीले बालकको उपचारसहित घर खर्च जुटाउँदै आएका छन् । ४ महिनाको समयदेखि बीरामी भएको परिवारले जनाएको छ ।

सम्पत्तीको नाममा हाल केही नभएका ठाकुरका बुबा आमाले छोराको उपचार गर्न सकस भएको भन्दै दाता गुहारेका छन् । बालकको उपचारमा सहयोग गर्न चाहने इच्छुक दाताले बालकका बुबा मुकेश ठाकुरको बिर्तामोड स्थित नेपाल एसबिआई बैंक लिमिटेडको १८२१५२४९९००६९० मा रकम जम्मा गर्न सकिने जनाइएको छ ।

The post बोनम्यारोपीडित बिर्तामोड–५ का चार वर्षीय बालक उज्वलको सहयोगको अपिल appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register