कवाडी संकलन गर्ने मजदुरलाई लछारपछार गर्ने नगरप्रहरी कारवाहीमा, थप छानबिन हुँदै

काठमाडौँ । काठमाडौँमा कवाडी संकलन गर्ने मजदुरलाई लछारपछार गर्ने नगर प्रहरीलाई कारवाही गरिएको छ ।  काठमाडौँ-४ बालुवाटारमा साइकलमा कवाडी संकलन गर्ने एक मजदुरलाई लछारपछार गर्ने नगर प्रहरीलाई कारवाही गरिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् ।  नगर प्रहरी प्रमुख पाण्डेका अनुसार कवाडी मजदुरमाथि अमर्यादित व्यवहार गरेको भन्दै उनीहरुलाई कारवाही गरिएको हो । उनीहरुलाई […]

Apr 16, 2025 - 11:16
 0
कवाडी संकलन गर्ने मजदुरलाई लछारपछार गर्ने नगरप्रहरी कारवाहीमा, थप छानबिन हुँदै

काठमाडौँ । काठमाडौँमा कवाडी संकलन गर्ने मजदुरलाई लछारपछार गर्ने नगर प्रहरीलाई कारवाही गरिएको छ । 

काठमाडौँ-४ बालुवाटारमा साइकलमा कवाडी संकलन गर्ने एक मजदुरलाई लछारपछार गर्ने नगर प्रहरीलाई कारवाही गरिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् । 

नगर प्रहरी प्रमुख पाण्डेका अनुसार कवाडी मजदुरमाथि अमर्यादित व्यवहार गरेको भन्दै उनीहरुलाई कारवाही गरिएको हो । उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरी महानगर प्रहरी ऐन, २०८० बमोजिम आवश्यक कारवाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको पाण्डेले बताएका छन् ।

सो क्षेत्रमा कवाडी संकलन गर्नेहरुले अत्याधिक होहल्ला गरेको भन्दै स्थानीयको उजुरीपछि सो क्षेत्रमा नगर प्रहरी खटाइएको थियो । तर, मजदुरमाथि नगर प्रहरीले अमर्यादित शैलीमा धरपकड गर्दै नियन्त्रणमा लिएको पाइएपछि उनीहरु कारवाहीमा परेका हुन् । नगरप्रहरीले मजदुरमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register