कांग्रेस सांसद राईलाई थप ५ दिन हिरासतमा राख्न आदलतको अनुमति

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न आदलतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । राईलाई गत शनिबार साँझ बुढानीलकण्ठ-१० कपनबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था […]

May 2, 2025 - 12:07
 0
कांग्रेस सांसद राईलाई थप ५ दिन हिरासतमा राख्न आदलतको अनुमति

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई थप ५ दिन हिरासतमा राख्न आदलतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

राईलाई गत शनिबार साँझ बुढानीलकण्ठ-१० कपनबाट प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

उनीबिरुद्ध पूरक अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register