सहकारी ठगी प्रकरण: रविविरुद्ध दर्ता भयो पर्सामा पनि मुद्दा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । सहकारीको रकम अपचलनको अनुसन्धान सकेर करिब एक महिनाअघि पर्सा प्रहरीले सरकारी वकिल […]

Jun 15, 2025 - 14:02
 0
सहकारी ठगी प्रकरण: रविविरुद्ध दर्ता भयो पर्सामा पनि मुद्दा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सरकारी वकिलको कार्यालयले लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

सहकारीको रकम अपचलनको अनुसन्धान सकेर करिब एक महिनाअघि पर्सा प्रहरीले सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।

सोहि प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register