तीनकुने घटनामा मानवअधिकारको गम्भीर उल्लङ्घन : संसदीय समिति

काठमाडौं । प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समितिले तीनकुने घटनामा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको निष्कर्ष निकालेको छ । तीनकुनेमा चैत १५ मा राजावादीहरूको प्रदर्शनमा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको निष्कर्ष समितिले निकालेको हो । समितिले घटनाप्रति दु:ख व्यक्त गर्दै दोषीउपर आवश्यक छानबिन गरी कानुनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । मानवअधिकार नागरिकको नैसर्गिक […]

Apr 17, 2025 - 10:10
 0
तीनकुने घटनामा मानवअधिकारको गम्भीर उल्लङ्घन : संसदीय समिति

काठमाडौं । प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समितिले तीनकुने घटनामा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको निष्कर्ष निकालेको छ ।

तीनकुनेमा चैत १५ मा राजावादीहरूको प्रदर्शनमा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको निष्कर्ष समितिले निकालेको हो ।

समितिले घटनाप्रति दु:ख व्यक्त गर्दै दोषीउपर आवश्यक छानबिन गरी कानुनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

मानवअधिकार नागरिकको नैसर्गिक अधिकार भन्दै समितिले भनेको छ, ‘संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा २५ मा सम्पत्तिको हक छ । मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ लगायतका अन्तर्राष्ट्रिय कानूनहरूले प्रदान गरेको नागरिकको नैसर्गिक अधिकारमा समेत असर पुग्न गई मानव अधिकारको गम्भीर उल्लंघन भएको संसदीय समितिको निष्कर्ष छ ।’

चैत्र १५ गते तीकुनेको घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो भने प्रदर्शन पनि हिंसात्मक भएको थियो । प्रदर्शनकारीहरूले  घर जलाउँदा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो भने घटनामा प्रहरीको गोली लागेर सबिन महर्जनको निधन भएको थियो । उक्त घटनामा प्रहरीको गोली लागेर २० जना घाइते भएका थिए । प्रदर्शनमा प्रहरीले ११० राउन्ड गोली र ८४१ सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

समितिले तीनकुने क्षेत्रमा आगामी दिनमा विरोध प्रदर्शन र धर्नाका लागि अनुमति नदिन निर्देशन दिएको छ । ‘तीनकुने स्थानको नजिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपाल आयल निगम जस्ता संवेदनशील क्षेत्र भएकाले आगामी दिनमा सो क्षेत्रमा सभा, विरोध, प्रदर्शन र धर्ना आदि कार्यक्रम गर्न अनुमति नदिन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देश गर्दछ’ समितिको निर्णयमा भनिएको छ ।

समितिले गृहमन्त्री रेमश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरी महानिरीक्षिक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललगायतसँग छलफल गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register