कोशी र मधेसमा हुरीबतासको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आङ्शिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य रही बाँकी भू–भागमा आङ्शिक बदलीदेखि मौसम सफा रहेको छ । आज (सोमबार) देशका पहाडी भू–भागमा आङ्शिकदेखि साधारणतया रही बाँकी भागमा आङ्शिक बदलीदेखि मौसम सफा रहने छ । सुदूरपश्चिम र कर्णाली […]

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आङ्शिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य रही बाँकी भू–भागमा आङ्शिक बदलीदेखि मौसम सफा रहेको छ ।
आज (सोमबार) देशका पहाडी भू–भागमा आङ्शिकदेखि साधारणतया रही बाँकी भागमा आङ्शिक बदलीदेखि मौसम सफा रहने छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
साथै कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आङ्शिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सम्बन्धित समाचार :
सोलुखुम्बुमा हावाहुरीको वितण्डा, दुई महिनामा २६ घटना
What's Your Reaction?






