गाजा सम्झौता ‘पूर्ण रूपमा’ कार्यान्वयन गर्न नेतन्याहूलाई आग्रह

जेरुसेलम । प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) को कब्जाबाट मुक्त भएका इजरायली बन्धकहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न र प्यालेस्टिनी भूमिमा अझै पनि रहेकाहरूको रिहाई सुनिश्चित गर्न आग्रह गरेका छन्। मुक्त बन्धकहरूको ५६ जनाको समूहले शुक्रबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको पत्रमा भनिएको छ, “हामी जसले आगोको अनुभव गरेका छौं, […]

Mar 8, 2025 - 15:09
 0
गाजा सम्झौता ‘पूर्ण रूपमा’ कार्यान्वयन गर्न नेतन्याहूलाई आग्रह

जेरुसेलम । प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) को कब्जाबाट मुक्त भएका इजरायली बन्धकहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा युद्धविराम सम्झौताको पूर्ण कार्यान्वयन गर्न र प्यालेस्टिनी भूमिमा अझै पनि रहेकाहरूको रिहाई सुनिश्चित गर्न आग्रह गरेका छन्।

मुक्त बन्धकहरूको ५६ जनाको समूहले शुक्रबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेको पत्रमा भनिएको छ, “हामी जसले आगोको अनुभव गरेका छौं, उनीहरूलाई थाहा छ कि युद्धमा फर्कनु अझै बाँकी रहेकाहरूका लागि जीवनको लागि खतरा हो।”

“सम्झौतालाई सहज रूपमा र छिट्टै पूर्ण रूपमा कार्यान्वयन गर्नुहोस्,” समूहले प्रधानमन्त्रीलाई सम्बोधन गरी सम्प्रेषित पत्रमा भनिएको छ ।

पत्रमा हस्ताक्षर गर्नेहरूमा इजरायलद्वारा हमासले बन्धक बनाई रिहा गरेका यार्डेन बिबासपनि थिए । हमासले बन्धक बनाइ लगेका बिबासकी पत्नी र दुई साना छोराहरूको बन्धक अवस्थामा नै मृत्यु भएको थियो ।

हमासले इजरायली बन्धक मातान एन्ग्रेस्टलाई जीवितै देखाइएको भिडियो सार्वजनिक गरेपछि यसले एन्ग्रेस्टको परिवारलाई ‘त्रास’ मा धकेलेको बताएका थिए।

गत बर्षको नोभेम्बरमा २२ वर्ष पुगेका एन्ग्रेस्टले इजरायली अधिकारीलाई गाजा युद्धविराम सम्झौताको दोस्रो चरण कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् ।

गाजा युद्धविरामको पहिलो चरण मार्च १ मा छ हप्ताको सापेक्षिक शान्तिपछि समाप्त भएको थियो जसमा प्यालेस्टिनी कैदीहरूका लागि इजरायली बन्धकहरूको आदानप्रदान समावेश थियो, यद्यपि शत्रुता फेरि सुरु भएको छैन।

इजरायलले पहिलो चरण अप्रिलको मध्यसम्म लम्ब्याउन चाहेको बताइरहँदा हमासले भने दोस्रो चरणमा प्रवेश हुनुपर्नेमा जोड दिएको छ ।

सन् २०२३ मा इजरायलमा भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकूले बन्धक बनाएका २५१ मध्ये ५८ जना गाजामै रहेका छन्, जसमध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

शनिबार हमासको उच्चस्तरीय प्रतिनिधिमण्डलले इजिप्टका अधिकारीसँग दोस्रो चरणको युद्धविरामका विषयमा छलफल गर्ने अपेक्षा गरिएको हमासका दुई वरिष्ठ अधिकारीले अघिल्लो दिन एएफपीलाई बताएका छन् ।

“प्रतिनिधिमण्डलले इजिप्टका अधिकारीहरूसँग शनिबार भेटवार्ता गर्नेछ र पछिल्लो घटनाक्रमबारे छलफल गर्नेछ साथै,युद्धविराम सम्झौता कार्यान्वयनको प्रगतिको समीक्षा गर्ने र युद्धविराम सम्झौता कार्यान्वयनको प्रगतिको समीक्षा गर्ने,” हमासका एक अधिकारीले बताए।

इजिप्टका मध्यस्थकर्ताहरूसँगको वार्तामा हमास प्रतिनिधिमण्डलले इजरायललाई ‘सम्झौता कार्यान्वयन गर्न, दोस्रो चरणका लागि वार्ता सुरु गर्न र गाजा पट्टीमा मानवीय सहायताका लागि सीमा नाकाहरू खोल्न’ माग गर्नेछ।

प्यालेिस्टनी लडाकू समूहले स्थायी र पूर्ण युद्धविराम सुनिश्चित गर्ने विस्तृत सम्झौता चाहेको अर्का एक अधिकारीले बताएका छन् ।

गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ता, नाकाबन्दीको अन्त्य, क्षेत्रको पुनर्निर्माण र कायरोमा यसै साता भएको अरब शिखर सम्मेलनको निर्णयका आधारमा आर्थिक सहयोग गर्नुपर्ने हमासको दोस्रो चरणको माग रहेको उनले बताए ।

उनले अमेरिकी नागरिकता भएका सहित सबै इजरायली कैदीलाई रिहा गर्नका लागि कैदी आदानप्रदानका लागि वार्ता गर्न हमास तयार रहेको पनि बताएका छन् । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register