प्रचण्डको सत्ता अधीरता भन्दै ज्ञवालीको सुझाव : माओवादीको लोकप्रियता मध्यावधिबाट जाँच्नु

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको  लोकप्रियता जाँचका लागि मध्यावधि चुनाव माग्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाएका छन् ।  जनतामाझ माओवादीक केन्द्र लोकप्रिय भन्दै सरकार परिवर्तनको हल्ला प्रचण्डले गरिरहेको भन्दै उनले लोकप्रियता जाँचका लागि मध्यावधि चुनाव माग गर्न सुझाएका हुन् । माओवादी केन्द्रले सरकारतिर ध्यान नरहेको भन्दै दिनौँ सरकार परिवर्तनको हल्ला गर्नु विरोधाभास […]

Apr 17, 2025 - 12:44
 0
प्रचण्डको सत्ता अधीरता भन्दै ज्ञवालीको सुझाव : माओवादीको लोकप्रियता मध्यावधिबाट जाँच्नु

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको  लोकप्रियता जाँचका लागि मध्यावधि चुनाव माग्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाएका छन् ।  जनतामाझ माओवादीक केन्द्र लोकप्रिय भन्दै सरकार परिवर्तनको हल्ला प्रचण्डले गरिरहेको भन्दै उनले लोकप्रियता जाँचका लागि मध्यावधि चुनाव माग गर्न सुझाएका हुन् ।

माओवादी केन्द्रले सरकारतिर ध्यान नरहेको भन्दै दिनौँ सरकार परिवर्तनको हल्ला गर्नु विरोधाभास भएको भन्दै उनले चुनावमार्फत  बहुमत संख्या जुटाउन प्रचण्डलाई चुनौती दिएका छन् ।’ हङ पार्लियामेन्टभित्र संख्या जुटाउनेले सरकार बनाउँछन् । निःसन्देह, आफूले बनाउने समीकरणबाट सम्बन्धित पार्टीहरूले आफ्ना लक्ष्य र उद्देश्यहरू हासिल गर्ने अधिकतम कोसिस गर्छन्,’ ज्ञवालीले  लेखेका छन्, ‘यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरूले ‘अर्लि चुनाव’ माग्छन्, कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन् ।’

प्रचण्डको सत्ता अधीरता अचम्मको भएको ज्ञवालीको टिप्पणी छ । ‘कामरेड ‘प्रचण्ड’को सत्ता अधीरता अचम्म लाग्दो छ । एकातिर कार्यकर्ताका बिचमा हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौं, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन । अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न,’ उनको भनाइ छ ।

सरकार ढल्ने प्रचण्ड अभिव्यक्तिको सातौँ संस्करण सार्वजनिक भएको ज्ञवालीको भनाइ छ । कुनै पनि एक दलले बहुमत प्राप्त गर्न नसकेको संसद्मा बहुमत संख्या जुटाउन सक्नेले सरकार बनाउने हेक्का राख्न ज्ञवालीले सुझाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register