सर्वोच्च पुगेका मनाङे : तीन पटक पेसी, हरेक चोटी हेर्न नमिल्ने !

काठमाडौं । विगतमा ‘गुन्डा नाइके’का रुपमा परिचित दीपक मनाङे (राजीव गुरुङ)ले सर्वोच्च अदालतमा दायर गरेको पुनरावलोकन निवेदन हेर्न नमिल्ने भएको छ । गण्डकी प्रदेशका पूर्वमन्त्री मनाङे सर्वोच्चको फैसलापछि ज्यान मार्ने उद्योगमा दोषी प्रमाणित भइ कैद कटाइरहेका व्यक्ति छन् । मनाङेको मुद्दामा बिहीबार न्यायाधीशत्रय कुमार चुडाल, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो […]

Apr 17, 2025 - 12:44
 0
सर्वोच्च पुगेका मनाङे : तीन पटक पेसी, हरेक चोटी हेर्न नमिल्ने !

काठमाडौं । विगतमा ‘गुन्डा नाइके’का रुपमा परिचित दीपक मनाङे (राजीव गुरुङ)ले सर्वोच्च अदालतमा दायर गरेको पुनरावलोकन निवेदन हेर्न नमिल्ने भएको छ ।

गण्डकी प्रदेशका पूर्वमन्त्री मनाङे सर्वोच्चको फैसलापछि ज्यान मार्ने उद्योगमा दोषी प्रमाणित भइ कैद कटाइरहेका व्यक्ति छन् ।

मनाङेको मुद्दामा बिहीबार न्यायाधीशत्रय कुमार चुडाल, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नमिल्नेमा पुगेको छ ।

गण्डकी प्रदेशसभाका निलम्बित सांसद मनाङेको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सर्वोच्चले पाँच वर्षको कैद सजाय सुनाएको थियो । गएको कात्तिक २० मा न्यायाधीश सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले फैसला गर्दै पाँच वर्ष कैदको सजाय सुनाएको थियो ।

सर्वोच्चको फैसला पुनरावलोकनका लागि मनाङेले निवेदन दिएका थिए । दुईजना न्यायाधीशले गरेको फैसला पुनरावलोकन गर्न सर्वोच्चमा उनले दायर गरेको पुनरावलोकन निवेदन तीनजना सम्मिलित इजलासमा पुगेको थियो ।

गएको २२ माघमा मनाङेले पुनरावलोकन निवेदन सर्वोच्चमा दर्ता गराएका थिए । त्यसयता उनको मुद्दामा तीन पटक पेसी तोकिएको छ । तर, तीन पटक नै मनाङेको मुद्दा हेर्न नमिल्नेमा पुगेको छ ।

२०८१ को १५ फागुन र चैत ७ मा हेर्न नमिल्नेमा पुगेको उनको निवेदन बिहीवारसमेत हेर्न नमिल्ने पुगेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register