नेप्सेको सीईओ नियुक्ति गर्न सहसचिवको संयोजकत्वमा समिति गठन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन भएको छ । खुल्ला प्रतिस्पर्धाद्वारा सीईओको पदपूर्ति गर्ने प्रयोजनका लागि अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठित समितिको सदस्यमा सदस्यमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा डा.खोमराज खरेल […]

Feb 23, 2025 - 12:54
 0
नेप्सेको सीईओ नियुक्ति गर्न सहसचिवको संयोजकत्वमा समिति गठन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन भएको छ ।

खुल्ला प्रतिस्पर्धाद्वारा सीईओको पदपूर्ति गर्ने प्रयोजनका लागि अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन गरिएको हो ।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा गठित समितिको सदस्यमा सदस्यमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा डा.खोमराज खरेल रहेका छन् ।

गत माघ २५ मा नेप्सेका तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि नयाँ सीईओ नियुक्त गर्न लागिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register