बैङ्लोरले पञ्जाबसँग लियो अघिल्लो खेलमा भोगेको हारको बदला

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोरले पञ्जाब किङ्ग्सलाई हराएको छ । मोहालीमा आइतबार खेलिएको खेलमा बैङ्गलोरले पञ्जाब सात विकेटले पराजित गरेको हो । १५८ रनको लक्ष्य पछ्याएको बैङ्गलोरले १८.५ ओभरमा मात्र तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । बैङ्गलोरका लागि विराट कोहलीले ५४ बलमा एक छक्का र सात चौकाको मद्दतले ७३ […]

Apr 21, 2025 - 02:02
 0
बैङ्लोरले पञ्जाबसँग लियो अघिल्लो खेलमा भोगेको हारको बदला

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्लोरले पञ्जाब किङ्ग्सलाई हराएको छ ।

मोहालीमा आइतबार खेलिएको खेलमा बैङ्गलोरले पञ्जाब सात विकेटले पराजित गरेको हो ।

१५८ रनको लक्ष्य पछ्याएको बैङ्गलोरले १८.५ ओभरमा मात्र तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

बैङ्गलोरका लागि विराट कोहलीले ५४ बलमा एक छक्का र सात चौकाको मद्दतले ७३ रन बनाए ।

यस्तै देवदत्त पडिक्कलले केवल ३५ बलमा चार छक्का र पाँच चौकाको मद्दतले ६१ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पञ्जाबले प्रभसिमरन सिंहको ३३ रन र शशांक सिंहको ३१ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।

यही सिजन खेलिएको अघिल्लो खेलमा पञ्जाबले बैङ्गलोरलाई पाँच विकेटले हराएको थियो । उक्त खेल बैङ्गलोर घरेलु मैदानमा खेलिएको थियो ।

आइतबार पञ्जाबलाई उसकै घरेलु मैदानमा हराएर बैङ्लोरले बदला लिएको छ

राजस्थानमाथि लखनऊको दुई रनको रोमाञ्चक जित

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register