दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसला, दुई अस्पतालको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंका दुई वटा अस्पतालको बैंक खाता फुकुवा गर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले प्रसाईंको बिएण्डसी मेडिकल टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर हस्पिटलको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो । हाल प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । तीनकुने घटनामा मुख्य दोषीका […]

Apr 22, 2025 - 03:26
 0
दुर्गा प्रसाईंको पक्षमा सर्वोच्चको फैसला, दुई अस्पतालको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंका दुई वटा अस्पतालको बैंक खाता फुकुवा गर्न आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले प्रसाईंको बिएण्डसी मेडिकल टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र पूर्वाञ्चल क्यान्सर हस्पिटलको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

हाल प्रसाईं जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् । तीनकुने घटनामा मुख्य दोषीका रुपमा प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरेर ल्याइएको थियो । 

प्रसाईंलाई पक्राउ गरेर उनीमाथि अनुसन्धान सुरु गरेसँगै प्रसाईं सञ्चालक रहेको दुवै अस्पताललाई कालोसूचीमा राखेर अस्पतालको बैंक खाता पनि रोक्का गरिएको थियो । तर, बैंक खाता नै रोक्का हुँदा कारोबार गर्न नपाएको भन्दै अस्पतालकी अपरेसन डाइरेक्टर अञ्जली कार्कीले बैंक खाता फुकुवा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सो रिटमा कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित १४ जनालाई विपक्षी बनाएकी थिइन् । सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रसाईं सञ्चालक रहेको दुवै अस्पतालको बैंक खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश समेत जारी गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register