मधेशमा गभर्नरः व्यापारी भन्छन्- ‘बैंकहरुले दुःख दिए’, बैंकको ब्रिफिङ- ‘ऋण लिने भन्दा नतिर्ने धेरै छन्’ 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ग्राहक ठग्ने बैंकलाई तत्काल कारवाही गर्ने बताएका छन् । जनकपुरमा उद्योग वाणिज्य संघ महासंघ र बैंक तथा वित्तीय संस्थाका पदाधिकारीसँग छलफल गर्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् ।  उनले बैंकसम्म पुग्ने ग्राहकलाई विभिन्न बाहनामा दुःख दिएको पाइए वा ठगी गरेको भेटिए तत्काल ती बैंक तथा वित्तीय […]

Jun 16, 2025 - 12:35
 0
मधेशमा गभर्नरः व्यापारी भन्छन्- ‘बैंकहरुले दुःख दिए’, बैंकको ब्रिफिङ- ‘ऋण लिने भन्दा नतिर्ने धेरै छन्’ 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ग्राहक ठग्ने बैंकलाई तत्काल कारवाही गर्ने बताएका छन् । जनकपुरमा उद्योग वाणिज्य संघ महासंघबैंक तथा वित्तीय संस्थाका पदाधिकारीसँग छलफल गर्दै गभर्नर पौडेलले यस्तो बताएका हुन् । 

उनले बैंकसम्म पुग्ने ग्राहकलाई विभिन्न बाहनामा दुःख दिएको पाइए वा ठगी गरेको भेटिए तत्काल ती बैंक तथा वित्तीय संस्थालाई कारवाही गर्ने चेतावनी समेत दिएका छन् । 

छलफलमा व्यापारीहरुले बैंक तथा वित्तीय संस्थाले धितो राखेर ऋण लिएका ऋणीलाई अफ्ठ्यारोमा पारेर धितो लिलाम गर्ने गरेको गुनासो गरेपछि गभर्नर डा. पौडेलले त्यसो नगर्न बैंकहरुलाई निर्देशन दिएका छन् । त्यसका बावजुत पनि कसैले ऋणीलाई दुःख दिए कारवाही गर्ने पौडेलले चेतावनी दिएका छन् । 

अर्कोतर्फ धनुषाका व्यापारीहरुले बैंक तथा वित्तीय संस्थामा पुग्ने साना तथा मझौला व्यापारी र किसानलाई बैंकले बेवास्ता गर्ने गरेको समेत गुनासो गरेका थिए । व्यापारीहरुको उक्त गुनासोपछि गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाका पदाधिकारीलाई सबै ग्राहक र ऋणीलाई समान व्यवहार गर्न निर्देशन दिएका छन् । 

यता छलफलमा सहभागी बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुले भने मधेश प्रदेशमा ऋण लिएर नतिर्नेहरु बढी भएको ब्रिफिङ गरेका छन् । उनीहरुले मधेशमा ऋण लिनेको भन्दा ऋण नतिर्नेको संख्या धेरै भएकाले पनि कर्जा प्रवाह तथा असुलीमा समस्या देखिने गरेको बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register