कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ । अब ग्राहकहरुले बैंकमा भौतिक रुपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइल एप, के.एस. आइ मोबाइल बैंकिङ मार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्नेछन् । ग्राहकहरूले अब […]

Feb 26, 2025 - 10:31
 0
कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ ।

अब ग्राहकहरुले बैंकमा भौतिक रुपमा उपस्थित नभई कामना सेवा विकास बैंकको मोबाइल एप, के.एस. आइ मोबाइल बैंकिङ मार्फत सहज, सुरक्षित र छिटो तरिकाले मुद्दती खाता खोल्न सक्नेछन् ।

ग्राहकहरूले अब बैंकमा जानु पर्ने झन्झटबाट मुक्त हुँदै घरमै बसेर, कुनै पनि समय, मोबाइल एप प्रयोग गरी मुद्दती खाता खोल्न सक्नेछन् । के एस आइ मोबाइल बैंकिङमा लगइन गरी फिक्स डिपोजिट छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सक्नेछन् ।

बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिंदै बैंकिङ प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register