टेस्ला एसीको नयाँ वर्ष योजनाः भाग्यशाली सात जोडीलाई ‘बाली टूर प्याकेज’ 

काठमाडौँ । टेस्ला एसीले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै अन्तराष्ट्रिय टूर प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले भाग्यशाली विजेतालाई ‘बाली टूर’मा पठाउने योजना सार्वजनिक गरेको हो ।  उक्त योजना चैत २० गतेदेखि आगामी वैशाख ३१ गतेसम्म लागू हुने भू-लक्ष्मी प्रालिका सिइओ किरण आचार्यले जानकारी दिएका छन् । सिइओ आचार्यका अनुसार उक्त योजनामा देशभरका हरेक […]

Apr 1, 2025 - 13:43
 0
टेस्ला एसीको नयाँ वर्ष योजनाः भाग्यशाली सात जोडीलाई ‘बाली टूर प्याकेज’ 

काठमाडौँ । टेस्ला एसीले नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै अन्तराष्ट्रिय टूर प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले भाग्यशाली विजेतालाई ‘बाली टूर’मा पठाउने योजना सार्वजनिक गरेको हो । 

उक्त योजना चैत २० गतेदेखि आगामी वैशाख ३१ गतेसम्म लागू हुने भू-लक्ष्मी प्रालिका सिइओ किरण आचार्यले जानकारी दिएका छन् । सिइओ आचार्यका अनुसार उक्त योजनामा देशभरका हरेक डिलरबाट पहिलो २० जना ग्राहकलाई मात्रै उक्त योजनामा सहभागी गराइनेछ । ती २० जनामध्येबाट गोलाप्रथा गरी एक जना भाग्यशाली जोडीलाई बाली टूर प्याकेजको विजेता बनाइनेछ ।  

भाग्यशाली विजेता जोडीले दुई रत र तीन दिनको ‘बाली टूर’को सुनौलो अवसर हात पार्नेछन् । गोलाप्रथाको निर्णय भने आगामी जेठ १ गते हुने सिइओ आचार्यले जानकारी दिएका छन् । उनका अनुसार योजनाको नतिजा सार्वजनिक गरिएको तीन दिनभित्र विजेताले आफ्नो आवश्यक डकुमेन्ट डिलरमा बुझाउनुपर्नेछ । आवश्यक सबै डकुमेन्ट पाएको ३० दिनभित्र कम्पनीले भाग्यशाली जोडीलाई बाली टुरको लागि बिदाई गर्ने छ । 

यो योजना नेपालभरको डिलरबाट उपलब्ध हुनेछ । भाग्यशाली जोडीले आफ्नो व्यक्तिगत कारणले भिसा नपाएमा कम्पनी जवाफदेही नहुने र बाँकी १९ जनामध्येबाट पुनः भाग्यशाली जोडी छनौट गरिने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register