‘प्रधानन्यायाधीशले पूर्वराजा भेटेको’ समाचारविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित समाचारविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा बुधबार सुनुवाइ सकिएको हो । सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले उक्त समाचार प्रकाशन गर्ने नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै […]

Apr 23, 2025 - 07:55
 0
‘प्रधानन्यायाधीशले पूर्वराजा भेटेको’ समाचारविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाइ सकियो

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाट गरेको भनी प्रकाशित समाचारविरुद्ध परेको अवहेलना मुद्दामा सुनुवाइ सकिएको छ ।

न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा बुधबार सुनुवाइ सकिएको हो ।

सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले उक्त समाचार प्रकाशन गर्ने नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै मङ्गलबार मुद्दा दायर गरेका थिए ।

उक्त अनलाइनमा सोमबार ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । यद्यपि, उक्त समाचार हाल वेबसाइटबाट हटाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register