एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

काठमाडौं । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्न सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्ट्याएको कम्पनीले जनाएको छ । माइक्रोसफ्टले शुक्रबार एक ब्लग पोस्टमा भनेको छ, “टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।” माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथकाअनुसार त्यो ८० अर्ब डलर […]

Jan 4, 2025 - 09:26
 0
एआई डाटा सेन्टर निर्माणमा माइक्रोसफ्टको पहल

काठमाडौं । माइक्रोसफ्टले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डाटा सेन्टर निर्माण गर्न सन् २०२५ मा ८० अर्ब अमेरिकी डलर छुट्ट्याएको कम्पनीले जनाएको छ ।

माइक्रोसफ्टले शुक्रबार एक ब्लग पोस्टमा भनेको छ, “टेक विशालले एआई मोडेलहरूलाई तालिम दिन तथा विश्वभर एआई र क्लाउड–आधारित अनुप्रयोगहरू प्रयोग गर्ने योजना बनाएको छ ।”

माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथकाअनुसार त्यो ८० अर्ब डलर विनियोजनमध्ये आधाभन्दा बढी संयुक्त राज्य अमेरिकामा खर्च हुनेछ ।

स्मिथले थपे, “एआईले अर्थतन्त्रको हरेक क्षेत्रमा नवप्रवर्तन र उत्पादकत्व बढाउने वाचा गर्छ । संयुक्त राज्य अमेरिका यस नयाँ प्रविधि लहरको अगाडि उभिन तयार छ ।”

माइक्रोसफ्ट तथा ओपनएआई एउटा डाटा सेन्टर सुविधाको निर्माणका बारेमा वार्तामा थिए । यो सुविधा निर्माण गर्न १०० अर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो । सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register