निरन्तर खबरदारी र निर्धक्क फरक मत राख्ने थलो

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममध्ये म आजभोलि ट्विटरमा सक्रिय छु । पहिले फेसबुकमा एकदमै सक्रिय थिएँ । कुनै समय मेरो सूचना र समाचारको मुख्य स्रोत फेसबुक थियो । ट्विटर हामीजस्तो भुईँ मान्छेले चलाउने होइन भन्ने लाग्थ्यो । फेसबुकमा समाचार हाल्ने, हरेक घटनाको अपडेट गरिरहने गर्थेँ । साथी उज्ज्वल ढुङ्गानाले तपाईं एकदम अपडेट हुनुहुन्छ, ट्विटर चलाउन सुरु […]

Apr 23, 2025 - 07:52
 0
निरन्तर खबरदारी र निर्धक्क फरक मत राख्ने थलो

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममध्ये म आजभोलि ट्विटरमा सक्रिय छु । पहिले फेसबुकमा एकदमै सक्रिय थिएँ । कुनै समय मेरो सूचना र समाचारको मुख्य स्रोत फेसबुक थियो । ट्विटर हामीजस्तो भुईँ मान्छेले चलाउने होइन भन्ने लाग्थ्यो । फेसबुकमा समाचार हाल्ने, हरेक घटनाको अपडेट गरिरहने गर्थेँ ।

साथी उज्ज्वल ढुङ्गानाले तपाईं एकदम अपडेट हुनुहुन्छ, ट्विटर चलाउन सुरु गर्नुहोस् भनेर सुझाए । अनि म ट्विटरमा सक्रिय हुन थालेँ । फेसबुकमा जसरी मैले के लेखेँ भनेर ट्विटरमा टार्गेट गर्न आउनेहरू कम हुन्छन् । फेसबुकमा आफूलाई बोल्न मन लागेको कुरा बोल्न दकस हुन्थ्यो । ट्विटरमा खुलेर बोल्न पाइन्छ । खबरदारी गर्न पाइन्छ । हरेक सरकारको प्रतिपक्षी हुन पाइन्छ ।

हामीले ट्विटर चलाउन सुरु गर्ने समय निकै रमाइलो थियो । हरेक शनिवार भृकुटीमण्डपमा ट्विटे ग्याङको भेटघाट हुन्थ्यो । एक अर्कासँग चिनजान गर्ने, हाइकिङ जाने, होली मनाउने, पिकनिक जाने गरिन्थ्यो । ट्विटरको एउटा छुट्टै दुनियाँ बनेको थियो । आज मेरो जीवनमा करिब ९० प्रतिशत साथीहरू ट्विटरबाट जोडिएकाहरू छन् ।

पहिले पहिले कुनै ठाउँ गइयो भने आफन्तको घरमा बसिन्थ्यो । अहिले ट्विटरकै चिनजानका साथीहरूको घरमा बास बसिन्छ । ट्विटरमा बिजनेस प्रमोसनदेखि सर सहयोगसम्म गरिन्छ, लिइन्छ ।

राजनीतिकि र सामाजिकसँगै कोही बिरामी हुँदा सहयोग चाहियो, कसैलाई रगत चाहियो, कसैले पढ्न पाएन भने पनि ट्विटरकै प्रयोग गरेर सहयोग जुटाउने काम भइरहेको हुन्छ । हामीले नै कत्ति गर्‍यौँ र गरिरहेका छौँ । राजनीतिक तथा सामाजिक काम पनि ट्विटरबाट धेरै नै गरेका छौँ ।

त्यसको एउटा उदाहरण छ, ‘ब्याक अफ इन्डिया’ अभियान ।

२०७२ सालमा भूकम्पले मुलुक थिलथिलो भएको समय थियो । त्यो बेला भारतीय मिडियाहरू नेपालमा आएर रिपोर्टिङ गरिरहेका थिए । विपद्को बेलामा सञ्चार माध्यमहरू आइपुग्नु र त्यसका विषयमा समाचार सम्प्रेषण गर्नु राम्रो कुरा हो । तर भारतीय मिडियाहरू हाम्रो पीडामाथि पीडा थपिने गरी रिपोर्टिङ गरिरहेका थिए ।

त्यही बेला संविधान घोषणा भएपछि भारतले नाकाबन्दी लगायो । एकातिर विपद्को पीडा, अर्कोतिर नाकाबन्दी हामीले खबरदारी गर्नुपर्छ भन्ने लाग्यो । अनि हामीले ‘ब्याक अफ इन्डिया’ भनेर ट्विटरमा ह्यासट्याग राखेर विरोध गर्न सुरु गर्‍यौं ।

हामी ट्विटर चलाउनेहरूको एउटा समूह थियो, ‘लास्टे ग्याङ’ । त्यही समूहका साथी उज्ज्वले ‘ब्याक अफ इन्डिया’ भनेर पहिलो ट्विट गरे । पछि हामीले पनि त्यसलाई फलो गर्‍यौँ । त्यो ह्यासट्याग अभियान व्यापक रूपमा फैलियो । ‘ब्याक अफ इन्डिया’ ट्विटरलगायत सामाजिक सञ्जालको ट्रेन्डिङमा पुग्यो । त्यसले व्यापक हल्लाखल्ला भयो । नेपालमा भइरहेका ती गतिविधिको विरोध भइरहेको छ भनेर अन्तर्राष्ट्रिय समुदायसम्म पुग्यो । हामीले चलाएको अभियानले नै सबै भयो त भन्दिन, तर त्यसले दबाब सिर्जना अवश्य गरेको थियो । पछि केही सहज वातावरण बनिरहेको हामीले महसुस गर्‍यौँ ।

अर्को उदाहरण छ, काठमाडौं महानगरका प्रहरीले गरेको ज्यादतीको विरोध ।

राजनीतिक दलप्रति एक प्रकारको नकारात्मक माहौल बनिरहेको अवस्थामा बालेन शाहले केही गर्लान् भनेर जनताले भोट दिए, जिताए । बालेनको मुख्य आधार सोसल मिडिया थियो भन्ने सबैलाई थाहा छ । तर, उनी मेयर भएको केही समयपछि महानगरको प्रहरीले काठमाडौंमा गरिखाने वर्गका मान्छेमाथि ज्यादती गर्न थाल्यो । सोसल मिडियामा हामीले त्यसको शक्त विरोध जनायौँ । त्यो व्यापक रूपमा फैलियो । राम्रो कामको समर्थन र गलत कामको विरोध गर्नका लागि सडकमै जाने अवस्था रहेन । सोसल मिडियाबाटै गलत कामलाई औँल्याउन सकिने रहेछ भन्ने पनि त्यसबाट देखियो ।

यसको फाइदा के हो भने लेख पढ गर्ने वा लेख लेख्नेहरूले पत्रपत्रिकामा लेख्छन् । त्यसका लागि एक प्रकारको भाषा, ज्ञान र सीपको आवश्यकता पर्छ । तर विचार त आम मान्छेसँग पनि हुन्छ । सबैले आफ्नो विचार पत्रिका वा न्युज पोर्टलमा सार्वजनिक गर्न पाउँदैनन्, सक्दैनन् । सोसल मिडियामा सबैले आफ्ना विचार, अनुभव व्यक्त गर्न पाउँछन् । कसैलाई कुनै विषयमा विमति छ भने उसले सजिलै सोसल मिडियामा व्यक्त गर्न सक्छ । सामाजिक सञ्जाल आफूलाई लागेको विचार राख्न मिल्ने सजिलो माध्यम भएको छ । निरन्तर खबरदारी भइरहेको छ ।

सोसल मिडिया नहुँदा सञ्चार माध्यमले जे लेखे पनि त्यो नै अन्तिम सत्य जस्तो हुन्थ्यो । अहिले पाठकले त्यसलाई भेरिफाइ गर्न सक्ने भएका छन् । आम मान्छेको हातमा सामाजिक सञ्जाल पुगेकै कारण आज उनीहरू सञ्चार माध्यमले दिएको सूचना भेरिफाइ गर्न सक्ने भएका हुन् ।

सोसल मिडिया नहुँदा सञ्चार माध्यमले जे लेखे पनि त्यो नै अन्तिम सत्य जस्तो हुन्थ्यो । अहिले पाठकले त्यसलाई भेरिफाइ गर्न सक्ने भएका छन् । आम मान्छेको हातमा सामाजिक सञ्जाल पुगेकै कारण आज उनीहरू सञ्चार माध्यमले दिएको सूचना भेरिफाइ गर्न सक्ने भएका हुन् ।

त्यसैले अहिले सञ्चार माध्यमहरू पनि सचेत भएर लेख्नुपर्ने ठाउँमा पुगेका छन् । पाठकहरूले जतिखेर पनि फ्याक्ट चेक गर्न सक्छन् भन्ने चिन्ता सञ्चार माध्यमलाई लाग्न थालेको छ ।

सैद्धान्तिक हिसाबमा मिडियाले प्रतिपक्षको भूमिका निभाउने भन्ने हो । तर, कहिलेकाहीँ मिडियाले सही ढङ्गबाट विषयवस्तु पस्किएन भने आम मान्छेले प्रश्न उठाउँछन् । यी प्रश्नहरू सामाजिक सञ्जाल नहुँदा सशक्त थिएनन् । तर, आज सशक्त छन् ।

राजनीतिक दलहरूमाथि पनि यस्ता खालका प्रश्नहरू अहिले सामाजिक सञ्जालबाटै बग्रेल्ती उठ्छन् । हामीलाई सम्झना हुन्छ, कुन नेता र कुन पार्टीले कुन विषयमा कहिले के बोलेको थियो भनेर । सामाजिक सञ्जाल विधेयक आएपछि काँग्रेसका महामन्त्री द्वयले यही विषयमा पहिले व्यक्त गरेका धारणा देखाउँदै आम मान्छेले प्रश्न गरे ।

सामाजिक सञ्जालका यति धेरै सकारात्मक पाटाहरू हुँदाहुँदै पनि नकारात्मक पक्ष पनि छन् । जस्तो कि अफवाह । एकातिर सामाजिक सञ्जाल सूचनाको स्रोत भयो, आम मान्छेका लागि सूचना र समाजमा सहज पहुँच बनायो । अर्कोतिर यसमार्फत अफवाह पनि छिटो फैलिन थाले । सामाजिक सञ्जालले गलत सूचनालाई द्रुत गतिमा फैलाइ रहेको छ । जस्तो कि डरलाग्दो तवरले पछिल्लो समय धर्मको विषयमा गलत प्रचार हुन थालेको छ । कुनै व्यक्ति विशेषलाई लिएर गलत प्रकारका सामग्रीहरू बनाएर प्रचार गरिदिने प्रवृत्ति बढेको छ । गलत र सही सूचनालाई नछुट्याइकनै एकोहोरो लखेट्ने र सामाजिक खलल पैदा गर्नेसम्मका घटनाहरू पनि भइरहेका छन् । केही समयअघि सर्लाहीमा भएको हिन्दू मुस्लिम दङ्गा यस्तै प्रकृतिको एउटा घटना हो ।

धर्मले हाम्रो आँखामा पट्टि बाँधिदिएको छ । के सही र के गलत भन्ने नै छुटाउन छाडेको जस्तो देखिन्छ । सामाजिक विग्रह ल्याउन सक्ने गम्भीर विषयमा सामाजिक सञ्जालमा प्रभाव भएका प्रयोगकर्ताले सहीलाई सही र गलतलाई गलत भनिदिएमा मात्र सम्भावित दुर्घटना कम गर्न सकिन्छ । तर, यस्ता विषय रोक्ने मुख्य जिम्मेवारी राज्यकै हो ।

अहिले राजनीतिज्ञ प्रायः सबैसँग आइटी टिम छ । नेताहरूले आ–आफ्नो समूह बनाएर राखेका छन् । त्यो टिम आफ्नो नेता प्रतिपक्षमा हुँदा सरकारको खेदो खन्छ र आफ्नो नेता सरकारमा हुँदा प्रतिपक्षविरुद्ध जाइलाग्छ । व्यक्तिगत हिसाबले त्यस्तो गर्न जसले पनि पाउँछ । तर, यस्तो अभ्यासले गलत सूचना फैलाउने र सामाजिक वातावरण बिथोल्ने काम गरिरहेको छ ।

अहिले राजनीतिज्ञ प्रायः सबैसँग आइटी टिम छ । नेताहरूले आ–आफ्नो समूह बनाएर राखेका छन् । त्यो टिम आफ्नो नेता प्रतिपक्षमा हुँदा सरकारको खेदो खन्छ र आफ्नो नेता सरकारमा हुँदा प्रतिपक्षविरुद्ध जाइलाग्छ । व्यक्तिगत हिसाबले त्यस्तो गर्न जसले पनि पाउँछ । तर, यस्तो अभ्यासले गलत सूचना फैलाउने र सामाजिक वातावरण बिथोल्ने काम गरिरहेको छ ।

सामाजिक सद्भाव भड्काउने र व्यक्तिगत तहमा ओर्लेर गाली बेइज्जती गर्नु हुँदैन । सामाजिक सञ्जालमा हुने यस्ता गलत अभ्यासलाई नियमन गर्नुपर्छ । विद्यमान कानुनले अनुमति बेगर व्यक्तिको फोटो पनि खिच्न मिल्दैन भनेको छ । राज्यले त्यस्ता कानुनलाई कार्यान्वयन गर्ने हो भने सामाजिक सञ्जालमार्फत भइरहेका खराब कामहरू नियन्त्रण हुन सक्छन् । अहिले फेक खाता चलाउन नमिल्ने, त्यस्ता खातालाई नियन्त्रण गर्न कानुन बनाउने कुरा चलिरहेको छ । फेक खाताकै कारण ठूलो समस्या हुन्छ जस्तो लाग्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीकै पूर्ण परिचय नखुल्ने खाताहरू चलिरहेका छन् । त्यस्ता कतिपय खाताहरू त भेरिफाइड पनि छन् ।

फेक खाताहरू खोल्ने कतिपय साथीहरू सरकारी कर्मचारी छन् । सरकारको आलोचना ग¥यो वा केही असन्तुष्टि प्रकट गर्‍यो भने कारबाही हुन्छ भनेर आफ्नो नाममा खाता खोल्न सक्दैनन् । त्यस कारण उनीहरू फेक खातामार्फत आफ्ना विचार सार्वजनिक गर्छन् । त्यस कारण फेक वा जेनियुन भन्ने भन्दा पनि सामाजिक सञ्जाल प्रयागकर्ताले के भनिरहेका छन् भनेर राज्यले सुन्नुपर्छ ।

 

सामाजिक सञ्जाल एक्समा सामन्ती

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register