के गर्भनिरोधक चक्कीले महिलाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ ?

गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलालाई यसले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ भन्ने डर हुन्छ । तर, के यी डरहरूको कुनै प्रमाण छ ? धेरै युवती जस्तै, अमेरिकाकी सारा ई. हिलले १८ देखि ३० वर्षको उमेरमा गर्भनिरोधक चक्की प्रयोग गरिन् । हिल अहिले टेक्सास क्रिश्चियन विश्वविद्यालयमा विकासवादी मनोविज्ञान पढाउँछिन् । “मैले फेरि कहिल्यै यसबारे सोचिनँ,” […]

Mar 16, 2025 - 12:35
 0
के गर्भनिरोधक चक्कीले महिलाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्छ ?

गर्भनिरोधक चक्की प्रयोग गर्ने महिलालाई यसले मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ भन्ने डर हुन्छ । तर, के यी डरहरूको कुनै प्रमाण छ ?

धेरै युवती जस्तै, अमेरिकाकी सारा ई. हिलले १८ देखि ३० वर्षको उमेरमा गर्भनिरोधक चक्की प्रयोग गरिन् । हिल अहिले टेक्सास क्रिश्चियन विश्वविद्यालयमा विकासवादी मनोविज्ञान पढाउँछिन् । “मैले फेरि कहिल्यै यसबारे सोचिनँ,” उनी भन्छिन् । टेक्सास क्रिश्चियन विश्वविद्यालय संयुक्त राज्य अमेरिकाको क्रिश्चियन चर्च (ख्रीष्टका चेला) सँग सम्बद्ध संस्था हो ।

गर्भनिरोधक चक्की सेवन गरेको उनको अनुभवले उनलाई यसको पछाडिको विज्ञान अध्ययन गर्न र २०१९ मा “हाउ द पिल चेन्ज एभ्रिथिङ” नामक पुस्तक प्रकाशित गर्न प्रेरित गर्‍यो ।

धेरै महिला र किशोरीहरू गर्भनिरोधक चक्कीको साइड इफेक्टको बारेमा चिन्तित हुन्छन् । विशेष गरी यसले उनीहरूको मुड र मानसिक स्वास्थ्यमा पार्ने प्रभावको बारेमा ।

के गर्भनिरोधक चक्कीको प्रयोग घट्दै छ ?

गर्भनिरोधक चक्कीप्रति नकारात्मक प्रतिक्रिया बढ्दै गइरहेका छन् । यो कुरा सामाजिक सञ्जालमा सबैभन्दा स्पष्ट छ, जहाँ ‘क्विन्टिंग बर्थ कन्ट्रोल’ ह्यासट्यागले लाखौं भ्युज प्राप्त गरेको छ । यो विश्वास गरिन्छ कि यसले केही हदसम्म गर्भनिरोधक चक्कीहरू अब त्यति लोकप्रिय छैनन् भन्ने देखाउँछ । 

धेरै विकसित देशमा, डाक्टरहरूले सिफारिस गर्ने गर्भनिरोधक चक्कीको सङ्ख्या घट्दै गएको छ । इङ्ग्ल्याण्डको यौन तथा प्रजनन स्वास्थ्य सेवाकाअनुसार, यहाँ गर्भनिरोधक खाने चक्कीको प्रयोग २०२०-२०२१ मा ३९% बाट घटेर २०२१-२०२२ मा २७% मा आएको छ ।

अमेरिकामा, गर्भनिरोधक चक्की सेवन गर्नेको सङ्ख्या २००२ मा ३१% बाट घटेर २०१७ र २०१९ को बीचमा २४% मा झरेको छ, जबकि क्यानडा र अष्ट्रेलियाले २००६-२०१६२००८-२०१६ को बीचमा गर्भनिरोधक चक्की सेवन गर्नेको सङ्ख्या क्रमशः २३% बाट घटेर ११ % मा पुगेको रिपोर्ट गरेका छन् ।

जायज चिन्ता बारे छलफल गर्नुको अलावा, सामाजिक सञ्जालमा केही व्यक्तिले गर्भनिरोधक चक्कीको मानसिक र शारीरिक दुवै साइड इफेक्ट बारे गलत जानकारी फैलाइरहेका छन् ।

उनीहरूले महिलालाई गर्भनिरोधक प्रयोग नगर्न पनि प्रोत्साहित गरिरहेका छन्, जबकि त्यस्ता व्यक्तिको कुनै चिकित्सा पृष्ठभूमि छैन । केही विज्ञहरू विश्वास गर्छन् कि यो प्रवृत्ति बेलायतमा गर्भपतनमा हालै भएको वृद्धिको एउटा कारण हुन सक्छ ।

गर्भनिरोधक चक्कीको बारेमा प्रश्नहरू

के गर्भनिरोधक चक्कीले साँच्चै कसैको व्यक्तित्व र जीवनप्रतिको दृष्टिकोण परिवर्तन गर्न सक्छ ? के यसले चिन्ता र डिप्रेसन जस्ता गम्भीर मानसिक स्वास्थ्य अवस्थाको जोखिम बढाउन सक्छ ? के यसले चरम अवस्थामा आत्महत्या गर्न सक्छ ?

यस्तो देखिन्छ कि उत्तर स्पष्ट छैन ।

सन् १९६० मा अमेरिकामा गर्भनिरोधक चक्की ल्याइँदा दुई वर्षभित्र यसको प्रयोगकर्ताको सङ्ख्या १२ लाख पुग्यो । यी साना पहेँला चक्कीलाई महिला सशक्तिकरणको प्रतीकको रूपमा प्रशंसा पनि गरियो । यसले महिलालाई अनावश्यक गर्भावस्थाले आफ्नो करियर वा डिग्रीलाई कमजोर बनाउने डरबाट मुक्त गरायो ।

आज, विश्वभरका लगभग १५ करोड महिलाका लागि खाने खालका गर्भनिरोधक मनपर्ने विकल्प हुन् । यो सङ्ख्याले विश्वभर गर्भनिरोधक प्रयोग गर्ने जनसङ्ख्याको लगभग १६% प्रतिनिधित्व गर्दछ । खाने चक्कीको विफलता दर केवल १% छ (मानव त्रुटिका कारण कहिलेकाहीं खुराक छुटेको अवस्थामा ९%)।

दुई प्रकारका गर्भनिरोधक चक्की हुन्छन् र दुवै कृत्रिम यौन हार्मोनबाट बनेका हुन्छन् । पहिलो, सबैभन्दा लोकप्रिय प्रकार संयुक्त चक्की हो, जसमा एस्ट्रोजेन र प्रोजेस्टेरोनको कृत्रिम संस्करणहरू हुन्छन् । दोस्रो चक्की प्रोजेस्टोजेन-मात्र वा ‘मिनी-पिल’ हो ।

दुवै चक्कीले गर्भावस्था रोक्न धेरै तरिकाले काम गर्छन्, जसमा अण्डाशयलाई दबाउने र पाठेघरको श्लेष्मलाई बाक्लो बनाउने, शुक्रकीटलाई अण्डासम्म पुग्न गाह्रो बनाउने समावेश छ ।

यद्यपि, गर्भनिरोधक चक्कीमा पाइने हर्मोनले शरीरलाई मात्र असर गर्दैन, तर महिलाको मस्तिष्कलाई पनि असर गर्न सक्छ ।

मानसिक स्वास्थ्यमा गर्भनिरोधक चक्कीको प्रभाव

“मस्तिष्कमा हर्मोनको प्रभाव जटिल हुन्छ । केही व्यक्तिका लागि, चक्कीले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । अरूको लागि, यसले चिडचिडाहट र चिन्ता पनि निम्त्याउन सक्छ,” स्विट्जरल्याण्डको युनिभर्सिटी हस्पिटल बासेलका प्रसूति रोग विशेषज्ञ र मनोचिकित्सक जोहानेस बिट्जे भन्छन् ।

गर्भनिरोधक चक्कीको ६५ वर्षको इतिहासमा, धेरै कम चिकित्सा चेतावनी दिइएको छ । बेलायत र अमेरिकाका केही यौन स्वास्थ्य प्रदायकले आफ्नो वेबसाइटमा चक्कीको मानसिक साइड इफेक्टको बारेमा कुनै उल्लेख गर्दैनन् ।

“मलाई लाग्छ सबैभन्दा ठूलो मुद्दा भनेको प्रसूति रोग विशेषज्ञको तालिममा मानसिक स्वास्थ्य विषय होइन,” लगभग ४० वर्षदेखि यस क्षेत्रमा काम गरिरहेका बिट्जे भन्छन् । “मानसिक स्वास्थ्य मनोचिकित्सकको लागि हो। चीजहरू बिस्तारै परिवर्तन हुँदैछन्, तर पहिले, जब हामीले चक्कीको बारेमा छलफल गर्यौं, हामीले थ्रोम्बोसिस, क्यान्सर, अनियमित रक्तस्राव, तौल बढ्ने बारेमा कुरा गर्यौं । मानसिक स्वास्थ्यको मुद्दा कम थियो ।”

अनुसन्धानकर्ताले गर्भनिरोधक चक्कीको सम्भावित मानसिक साइड इफेक्टमा धेरै अनुसन्धान गरेका छैनन् । तर बिट्जे भन्छन् कि २०१६ मा परिवर्तन सुरु भयो, जब एक डेनिस समूहले यस विषयमा एउटा पेपर प्रकाशित गर्‍यो, जसले गर्दा त्यसपछिका वर्षमा थप अनुसन्धानलाई प्रोत्साहन मिल्यो ।

मूल डेनिस अध्ययनमा, अनुसन्धानकर्ताले १४ वर्षको अवधिमा १५ देखि ३४ वर्ष उमेरका दस लाखभन्दा बढी महिलाको मानसिक स्वास्थ्य ट्रयाक गर्न देशको राष्ट्रिय स्वास्थ्य डेटाबेसको विश्लेषण गरेका थिए । उनीहरूले पत्ता लगाए कि एस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै भएको संयोजन चक्की लिने महिलालाई छ महिना पछि एन्टीडिप्रेसन्ट सिफारिस गरिने सम्भावना ७०% बढी थियो, जुन महिलाले कहिल्यै गर्भनिरोधक लिएका थिएनन् । जबकि प्रोजेस्टोजेन-मात्र वा ‘मिनी-पिल’ लिने महिलाको लागि, यो जोखिम ८०% थियो ।

२०२३ मा, अनुसन्धानकर्ताको एउटा फरक समूहले युके बायो बैङ्कमा लगभग २ लाख ५० हजार महिलाको स्वास्थ्य रेकर्डको विश्लेषण गर्दा समान परिणाम फेला पारे। उनीहरूले गर्भनिरोधक चक्की सुरु गरेको दुई वर्षपछि, प्रयोग गर्ने महिलामा कहिल्यै चक्की नलिएका महिलाको तुलनामा डिप्रेसन हुने सम्भावना ७१ प्रतिशत बढी रहेको पत्ता लगाए ।

“यी उत्पादन प्रयोग गर्न सुरु गर्नु र त्यसपछि डिप्रेसनका लक्षण विकास गर्नु बीच बलियो सम्बन्ध छ,” डेनिस अध्ययनको नेतृत्व गर्ने कोपनहेगन विश्वविद्यालयका प्रसूति तथा स्त्री रोग विशेषज्ञ ओजविन्ड लिडेगार्ड भन्छन् ।

यद्यपि, यी दुवै ‘समूहगत अध्ययन’ थिए । यसको अर्थ महिलाको ठूलो समूहको डेटा विश्लेषण गरिएको थियो । गर्भनिरोधक चक्की लिने महिलाको मानसिक स्वास्थ्य परिणामहरू त्यस्ता चक्की नलिने महिलाको तुलनासँग गरिएको थियो । यसको अर्थ यी अध्ययनले गर्भनिरोधक चक्की लिने र मानसिक स्वास्थ्यबीचको सम्बन्ध फेला पारे, तर गर्भनिरोधक चक्कीले आफैँमा मानसिक स्वास्थ्यमा प्रभाव पारेको छ कि छैन भनेर निर्धारण गर्न सकेनन् । उदाहरणका लागि, विभिन्न महिलाबीच पहिलेदेखि नै केही भिन्नता हुन सक्छन् जसले अध्ययनको नतिजालाई असर गरेको हुन सक्छ ।

अध्ययनहरूका विरोधाभाषी नतिजा 

केही मानसिक स्वास्थ्य अवस्था र मौखिक गर्भनिरोधकहरूको प्रयोग बीचको सम्बन्धलाई अस्वीकार गर्ने अध्ययन पनि भएका छन् । उदाहरणका लागि, जब ओहायो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले २६ वटा पहिलेका अध्ययनको समीक्षा गरे, उनीहरूले प्रोजेस्टोजेन-मात्र गर्भनिरोधक विधि र डिप्रेसन बीच “न्यूनतम” सम्बन्ध फेला पारे ।

छुट्टाछुट्टै रूपमा, स्वीडेनमा २०० देखि ३४० महिला सम्मिलित दुई क्लिनिकल परीक्षणमा, अनुसन्धानकर्ताले निष्कर्ष निकाले कि संयुक्त चक्कीले डिप्रेसन वा मुड स्विङ निम्त्याउँदैन ।

धेरै प्रकारका संयुक्त गर्भनिरोधक चक्कीसँग आवश्यक भए जस्तै, प्रत्येक महिना सात दिनको लागि गर्भनिरोधकबाट ‘विश्राम’ लिने । रोचक कुरा के छ भने, केही खोजले यो ‘ब्रेक’ ले तपाईंको मुड बिगार्न सक्छ भन्ने सुझाव दिन्छन् ।

२०२३ मा अस्ट्रियामा चक्की सेवन गर्ने १२० महिला समावेश गरी एउटा अध्ययन गरिएको थियो । यी महिलामध्ये केहीले लामो समयदेखि गर्भनिरोधक चक्की खाइरहेका थिए । अध्ययनका अनुसार, चक्कीबाट ‘ब्रेक’ गर्दा महिलाले चिन्तामा ७% वृद्धि अनुभव गरे । यसबाहेक, यस अवधिमा नकारात्मक भावनामा १३% र मानसिक स्वास्थ्य लक्षणमा २४% ले वृद्धि भएको थियो ।

“मानसिक स्वास्थ्यको दृष्टिबाट, गर्भनिरोधक प्रयोग गर्नेका लागि निरन्तर प्रयोग बढी लाभदायक हुन सक्छ,” साल्जबर्ग विश्वविद्यालयकी सञ्ज्ञानात्मक स्नायु वैज्ञानिक बेलिन्डा प्लाजर भन्छिन् ।

बेलिन्डा प्लाजरले महिला मस्तिष्कमा हार्मोनल गर्भनिरोधको प्रभावको अध्ययन गर्ने EU-वित्त पोषित परियोजनाको नेतृत्व गर्छिन् ।

चक्की खाएपछि केही महिलालाई मानसिक रूपमा धेरै नराम्रो महसुस हुन्छ र यी लक्षणलाई गम्भीरतापूर्वक लिनुपर्छ भन्ने तथ्यलाई प्लेट्जरले अस्वीकार गर्दिनन् । उनी भन्छिन्, “तर यस्ता महिलाको सङ्ख्या धेरै कम छ।”

विरोधाभाषी नतिजा आउनुको कारण के हो ?

हेलेना कोप केलनरले गर्भनिरोधक चक्कीको मानसिक साइड इफेक्टमा अध्ययनको निष्कर्षमा व्यापक भिन्नता बताउँछिन् । हेलेना स्वीडेनको स्टकहोम नजिकैको डान्डेरिड अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनी भन्छिन् कि मानसिक स्वास्थ्य स्थिति प्रायः व्यक्तिपरकरूपमा मापन गरिन्छ र अध्ययन गर्न अत्यन्तै गाह्रो हुन्छ ।

यसको अतिरिक्त, धेरै प्रकारका चक्कीहरू छन् (जस्तै, संयुक्त चक्कीका ३० भन्दा बढी ब्रान्ड छन् ), जसलाई प्रायः तुलना गर्न सकिँदैन । उनी थप भन्छिन् कि विभिन्न अध्ययनमा पनि फरकफरक विधि अपनाइन्छ ।

बिट्जर भन्छन् कि अनुसन्धानकर्ताले आफ्नो अध्ययनको अन्त्यमा के हेर्छन् त्यसले उनीहरूको निष्कर्षलाई पनि असर गर्छ । उदाहरणका लागि, डेनिस अध्ययनमा, “डिप्रेसनको औषधि लेख्नु डिप्रेसनको निदानसँग सम्बन्धित थिएन, बरु डाक्टरको अभ्याससँग सम्बन्धित थियो, जसले नतिजालाई असर गरेको हुन सक्छ ।”

स्विडेनको गोथेनवर्गकी चिकित्सक सोफिया जेटरमार्क भन्छिन्, यस्ता अवलोकन अध्ययनहरूबाट कारण-प्रभाव सम्बन्ध प्रमाणित गर्न पनि गाह्रो छ, किनभने अनुवांशिकी र व्यक्तिको वातावरण जस्ता अन्य कारक हुन सक्छन् जसले परिणामलाई प्रभाव पार्न सक्छ । उदाहरणका लागि, जब उनीहरूले राष्ट्रिय स्विडिस रजिस्ट्रीमा रहेका लगभग दस लाख महिलाको स्वास्थ्य रेकर्डको विश्लेषण गरे, पत्ता लगाए कि कम आय भएका र आप्रवासी पृष्ठभूमिका महिला हार्मोनल गर्भनिरोधक लिँदा मुड परिवर्तन अनुभव गर्ने बढी थिए । 

ओजविन्ड लिडेगार्डले आफ्नो अध्ययनलाई फराकिलो सन्दर्भमा बुझ्नुपर्ने बताउँछन् । “यसमा कुनै शङ्का छैन कि हार्मोनल गर्भनिरोधक प्रयोग गर्न थालेका केही महिलाले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर परिवर्तन अनुभव गर्छन्,” लिडेगार्ड भन्छन्, “यद्यपि, यो बुझ्नु महत्त्वपूर्ण छ कि केवल ७ देखि ८% महिलाले मात्र मनोवैज्ञानिक समस्या अनुभव गर्छन् जसले उनीहरूलाई चक्की लिन बन्द गर्न बाध्य पार्छ… यी उत्पादनहरू प्रयोग गर्ने अधिकांश महिलाले कुनै गम्भीर मनोवैज्ञानिक समस्या अनुभव गर्दैनन् ।”

साथै, केही महिलाका लागि गर्भनिरोधक चक्कीका फाइदा कुनै पनि साइड इफेक्टभन्दा बढी हुन सक्छन् । अवान्छित गर्भावस्था रोक्नुको अलावा, गर्भनिरोधक चक्कीहरू (संयुक्तसाना-चक्कीहरू) ले अन्य सकारात्मक शारीरिक प्रभाव पनि पार्न सक्छ ।

“यदि तपाईंलाई एन्डोमेट्रिओसिस, अत्यधिक रक्तस्राव, वा PMDD (प्रीमेनस्ट्रुअल डिस्फोरिक डिसअर्डर, PMS को एक चरम रूप) छ भने, चक्कीले यसलाई सुधार गर्न वास्तवमै मद्दत गर्न सक्छ,” हेलेना कोप केलनर भन्छिन् ।

गर्भावस्थाले पनि धेरै स्वास्थ्य जटिलता निम्त्याउन सक्छ, विशेष गरी विकासशील देशमा । साथै, धेरै अध्ययनले अनियोजित गर्भावस्था र डिप्रेसनको उच्च जोखिमबीचको सम्बन्ध रहेको पत्ता लगाएका छन् ।

गर्भनिरोधक चक्कीको एउटा साइड इफेक्ट भनेको यसले शरीरको प्राकृतिक एस्ट्रोजेन र प्रोजेस्टेरोन उत्पादनलाई असर गर्छ । यी हार्मोनले मस्तिष्कमा अनुभूति र स्नायु सुरक्षा, रक्त प्रवाह, सुजन र सङ्केतनलाई नियमन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्छन् ।

यसको धेरै प्रभाव हुन सक्छ भन्ने विश्वास गरिन्छ । एउटा प्रभाव यो हुन सक्छ कि, गर्भनिरोधक चक्की लिने महिलामा, मस्तिष्कको प्राकृतिक ‘मुड-बूस्टर’, सेरोटोनिन प्रभावित हुन सक्छ ।

किशोरीहरू बढी जोखिममा 

ओजविन्ड लिडेगार्डले किशोरीहरूको बारेमा चिन्ता व्यक्त गर्छन् । उनीहरूको अध्ययनले पत्ता लगायो कि १५ देखि १९ वर्ष उमेरका केटीले संयुक्त चक्की सुरु गरेपछि एन्टीडिप्रेसन्ट प्रिस्क्रिप्शन पाउने सम्भावना नलिनेको तुलनामा लगभग दोब्बर (१.८ गुणा) थियो । 

मिनी-पिल लिने केटीहरूको लागि, जोखिम दोब्बरभन्दा बढी थियो (यो समूहले चक्की नलिनेहरूको तुलनामा एन्टीडिप्रेसन्ट प्रिस्क्रिप्शन प्राप्त गर्ने सम्भावना २.२ गुणा बढी थियो )।

त्यसैगरी, जेटरमार्कको अध्ययनले किशोरीमा हार्मोनल गर्भनिरोधक र एन्टीडिप्रेसेन्ट वा चिन्ता विरोधी औषधिको प्रयोग बीचको बलियो सम्बन्ध पनि फेला पारेको छ । १२ देखि १४ वर्ष उमेरका केटीलाई संयुक्त चक्की र मिनी-चक्की सुरु गरेको एक वर्ष भित्र डिप्रेसनको औषधि दिइने सम्भावना क्रमशः २४०%१९०% बढी थियो । संयुक्त चक्की र मिनी-चक्की सुरु गरेपछि १५ देखि १७ वर्ष उमेरका केटीलाई क्रमशः ५२%८३% ले डिप्रेसनको औषधि सिफारिस गर्ने सम्भावना बढी थियो।

युके बायो बैङ्कका २ लाख ६४ हजार ५५७ महिलाको तथ्याङ्कमा आधारित अर्को अध्ययनमा, अनुसन्धानकर्ताले पत्ता लगाए कि आफ्नो जीवनको कुनै न कुनै समयमा गर्भनिरोधक चक्की लिने महिलालाई जीवनभर डिप्रेसन हुने जोखिम बढी हुन्छ, तर चक्की प्रयोग गरेको पहिलो दुई वर्षमा यो जोखिम सबैभन्दा बढी थियो ।

किशोर किशोरीबाहेक, अर्को समूह पनि छ जसलाई धेरै डाक्टरहरू गर्भनिरोधक चक्की लेख्दा सावधानी अपनाउँछन् । “डिप्रेसन वा अन्य मानसिक स्वास्थ्य समस्याको इतिहास भएका व्यक्तिलाई चक्की खाँदा डिप्रेसन हुने जोखिम बढ्छ,” कोप-केलनरले चेतावनी दिन्छन् ।

धेरै विज्ञ भन्छन् कि यस्तो अवस्थामा आफैँ सचेत हुनु महत्त्वपूर्ण छ । जब तपाईं पहिलो पटक गर्भनिरोधक चक्की लिन थाल्नुहुन्छ, वा एउटा ब्रान्डबाट अर्को ब्रान्डमा स्विच गर्नुहुन्छ, तपाईंले केही महिनासम्म आफ्नो मुड निगरानी गर्नुपर्छ ।

-बीबीसीबाट

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register