अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

झापा, १२ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी र अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहितका धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा छ। हिजो अमेरिकी डलर १ को [...] The post अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो appeared first on Jhapa Online.

Apr 25, 2025 - 02:25
 0
अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

झापा, १२ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी र अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहितका धेरैजसो विदेशी मुद्राको मूल्य भने घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा छ। हिजो युरो १ को खरिददर १५५रुपैयाँ ४० पैसा र बिक्रीदर १५६ रुपैयाँ ०८ पैसा थियो। त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ २५ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रुपैयाँ २० पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३७ र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा थियो।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रुपैयाँ २७ पैसा थियो। आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४२ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

The post अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register