पहलगाम आक्रमणको अनुसन्धान एनआईएले गर्ने

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान एजेन्सी (एनआईए) ले जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाको अनुसन्धान गर्ने भएको छ । एनआईएले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोष्टमार्फत गृह मन्त्रालयको आदेशमा यो अनुसन्धान सुरु गरेको जनाएको छ । एनआईएले भनेको छ, “आईजी, डीआईजी र एसपीको निरीक्षणमा गठित टोलीले पहलगामको बैसरन उपत्यकामा मङ्गलबार भएको आक्रमणका प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गरिरहेको छ।” […]

Apr 27, 2025 - 08:23
 0
पहलगाम आक्रमणको अनुसन्धान एनआईएले गर्ने

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान एजेन्सी (एनआईए) ले जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाको अनुसन्धान गर्ने भएको छ ।

एनआईएले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोष्टमार्फत गृह मन्त्रालयको आदेशमा यो अनुसन्धान सुरु गरेको जनाएको छ ।

एनआईएले भनेको छ, “आईजी, डीआईजी र एसपीको निरीक्षणमा गठित टोलीले पहलगामको बैसरन उपत्यकामा मङ्गलबार भएको आक्रमणका प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गरिरहेको छ।”

पहलगाममा आतङ्कवादी हमला भएको थियो, जसमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register