भारतीय फिल्मका चर्चित निर्देशक गाँजासहित पक्राउ

हैदारावाद । मलयालम फिल्म इन्डस्ट्रीबाट अर्को डरलाग्दो खबर बाहिर आएको छ ।  हाइब्रिड गाँजासहित चर्चित फिल्म निर्माता खालिद रहमान, असरफ हम्जा र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यो गिरफ्तारी २७ अप्रिलको बिहान भएको थियो र पछि उनी जमानतमा रिहा भएका थिए । रिपोर्टका अनुसार अन्तःशुल्क विभागलाई सूचनाका आधारमा प्रहरीले अप्रिल २७ मा बिहान […]

Apr 28, 2025 - 04:28
 0
भारतीय फिल्मका चर्चित निर्देशक गाँजासहित पक्राउ

हैदारावाद ।

मलयालम फिल्म इन्डस्ट्रीबाट अर्को डरलाग्दो खबर बाहिर आएको छ । 

हाइब्रिड गाँजासहित चर्चित फिल्म निर्माता खालिद रहमान, असरफ हम्जा र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । यो गिरफ्तारी २७ अप्रिलको बिहान भएको थियो र पछि उनी जमानतमा रिहा भएका थिए ।

रिपोर्टका अनुसार अन्तःशुल्क विभागलाई सूचनाका आधारमा प्रहरीले अप्रिल २७ मा बिहान करिब २ बजे कोच्चिको एउटा फ्ल्याटमा छापा मारेको थियो। यस क्रममा खालिद रहमान, अशरफ हम्जा र तेस्रो व्यक्ति शालिफ मोहम्मदलाई पक्राउ गरिएको थियो। उनीहरुबाट १.६ ग्राम हाइब्रिड गांजा बरामद भएको प्रहरीले जनाएको छ । हाल प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका तेस्रो व्यक्तिको नाम शालिफ मोहम्मद रहेको छ । उनी यी दुवै चलचित्रकर्मीको नजिकको साथी भएको बताइएको छ । छापा मारिएको फ्ल्याटको भाडा सिनेम्याटोग्राफर समीर ताहिरले लिएका थिए । अधिकारीहरूले जानकारी पाए लगत्तै तत्काल कारबाही अघि बढाएका हुन् ।

छापा मार्दा तीनै जना अभियुक्तलाई पक्राउ गरी उनीहरुबाट हाइब्रिड गांजा बरामद गरिएको प्रहरी अधिकारी मनोरमाले बताए । उनका अनुसार यस सम्बन्धमा प्रहरीले लागुऔषध तथा साइकोट्रोपिक सब्सटेन्स (एनडीपीएस) ऐन, १९८५ को दफा २० (बी) २ ए र २९ अन्तर्गत मुद्दा दर्ता गरेको छ। छापा मार्दा अभियुक्तको नियत गांजा सेवन गर्ने भएको प्रहरीले जनाएको छ ।

उनले  ‘अनुराग कारिकम भेलम’, ‘उन्डा’ जस्ता चर्चित मलायम फिल्म निर्देशन गरेका छन् । जसवाट उनले धेरै पुरस्कार प्राप्त गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register