अच्युतराम भण्डारी संगीत प्रतिष्ठानद्धारा रौतहटमा सांगतिक प्रस्तुती । 

Dec 10, 2023 - 02:04
Dec 10, 2023 - 02:25
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानद्धारा रौतहटमा सांगतिक प्रस्तुती । 

मंसिर २४ काठमाडौं । रौतहटको वडा नं ५ मा रहेको श्रीनमुना अंग्रेजी आवासीय विद्यालयको रजत जयन्तिको अवसरमा अच्युतराम भण्डारी संगीत प्रतिष्ठानलाई रागरंग प्रस्तुतीका लागि पठाईको निमतोमा प्रतिष्ठानले आफनो समुहबाट शास्त्रीय संगीत तथा परम्परागत नेपाली संगीत गरेको थियो ।

अच्युतराम भण्डारी संगीत प्रतिषठानका कलाकारहरुलाई कार्यक्रमस्थल पुग्दा स्कुलका पाचजना पन्च कन्याहरुले स्वागत गरेका थिए ।  सो अवसरमा प्रतिष्ठानले कक्षा ६ देखि १२ सम्मका सम्पुणर् विद्यार्थी तथा शिक्षकहरुको उपस्तितिमा करिब तीन घण्टा शास्तीय संगीत र मौलिक नेपाली संगीत बारे चर्चा बारे परिचित गराउनुको साथै तबला, मादल, सितार, बाँसुरी ,नेपाली र भारतीय सारङ्गीको बाद्यहरुको परिचय गराएको थियो । 


अच्युतराम भण्डारी संगीत प्रतिष्ठानका संरक्षक पं अच्युतराम भण्डारीले शास्त्रीय संगीतलाई हालको अवस्थामा नेपाल सरकारले समेत महत्व नदिएको अवस्थामा श्रीनमुना अंग्रेजी आवासीय विद्यालयले शास्त्रीय संगीतलाई विशेष महत्व दिएर काठमाडौंमा संगीतकर्मीहरुलाई प्रस्तुतीको लागि अवसर दिएर विद्यार्थीहरुका माझ संगीत महत्व बुझाउने सो अवसर प्रदान गरेकोमा नमुना आवासीय विद्यालयको खुलेर प्रशंसा समेत गर्नु भयो । 
सो कार्यक्रमको शुरुमा पं अच्युतराम भण्डारी सोलो बादनको प्रस्तुती गर्नु भएको थियो भने उहाँलाई सारङ्गीमा पं परशुराम भण्डारी संगत गर्नु भएको थियो । दोस्रो प्रस्तुतिमा डां निरन्जन भण्डारी बाँसुरी, पं रामकुमार अर्याल सितार, पं परशुराम भण्डारीले सारङ्गीमा विभिन्न राग तथा लोक संगीतहरु प्रस्तुत गर्नु भएको थियो भने साथै स्थानीय कलाकार राम बहादुर घलानले बाँसुरी बादनमा विभिन्न स्थानीय धुनहरु प्रस्तुत गर्नु भएको थियो । 


सो अवसरमा काठमाडौंबाट जानु भएका कलाकार तथा स्थानीय कलाकारहरुलाई सम्मान गरिएको थियो । 


सो सांगितिक कार्यक्रममा स्कुलका प्रधान अध्यापक लोक बहादुर श्रेष्ठले विद्यार्थीहरुलाई शास्त्रीय तथा परम्परागत संगीतको ज्ञान गराउने उदेश्य अनुरुप विभिन्न समयमा कार्यक्रमहरु गर्दै आएको जनाउँदै भविस्यमा पनि शास्त्रीय संगीत र लोक संगीतलाई अघि बढाउन स्कुल परिवार अनवरत लागि रहने जानकारी गराउनु भयो । 
कार्यक्रममा रौतहटको जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नं ५ का वडाध्यक्ष नीलहरी कोइरालाले शास्त्रीय संगीतले सत्कर्ममा लाग्नका लागि प्रेरित गर्ने बताउँदै बालवालिकाहरुलाई सानै उमेर देखि शास्त्रीय संगीतको अध्ययन गर्नु पर्नेमा जोड दिनु भयो । 
सो अवसरमा स्कुलका संचालक समितिका अध्यक्ष लक्ष्मी श्रेष्ठले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा संगै सानै देखि संगीतको व्यावहारिक ज्ञान दिनु पर्नेमा  जोड दिंदै प्रतिष्ठानलाई आगामी दिनमा पनि प्रतिष्ठानले यस स्कुलका विद्यार्थीहरुलाई संगीत प्रशिक्षणका साथै सांगितिक प्रस्तुतीको लागि अनुरोध गर्नु भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register