आईपीओ जारी गर्न धितोपत्र बोर्डले कमिसन मागेकोबारे छानबिन गर्न प्रतिपक्षको माग

काठमाडौं । धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि जलविद्युत् आयोजनासँग कमिसन माग गरेको विषयको भरपर्दो संयन्त्रबाट छानबिन गराउन प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले माग गरेको छ । बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने खबर बाहिर आउनु खेदजनक भएको माओवादी सांसद माधव सापकोटाले बताए । बुधबारको प्रतिनिधि सभामा उनले भने, “धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने आएको छ […]

May 7, 2025 - 07:12
 0
आईपीओ जारी गर्न धितोपत्र बोर्डले कमिसन मागेकोबारे छानबिन गर्न प्रतिपक्षको माग

काठमाडौं । धितोपत्र बोर्डले आईपीओ जारी गर्नका लागि जलविद्युत् आयोजनासँग कमिसन माग गरेको विषयको भरपर्दो संयन्त्रबाट छानबिन गराउन प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले माग गरेको छ ।

बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने खबर बाहिर आउनु खेदजनक भएको माओवादी सांसद माधव सापकोटाले बताए ।

बुधबारको प्रतिनिधि सभामा उनले भने, “धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने आएको छ । म पार्टीको तर्फबाट ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु ।”

“इप्पानका अध्यक्ष र सदस्यले नै खुला गर्नुभएको छ कि धितोपत्र बोर्डले ठूला आयोजनाबाट ५ प्रतिशत र साना आयोजनाबाट ७ प्रतिशत माग्दै बार्गेनिङ भयो । यो समाचारप्रति प्रतिपक्षको गम्भीर ध्यानाकर्षण भएको छ,” उनले थपे । यो विषयमा छानबिन हुनुपर्ने सापकोटाको माग छ ।

उक्त विषयमा सभामुखले सरकारलाई रुलिङ गर्न पनि उनले माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले पनि धितोपत्र बोर्डले नै कमिसन मागेको जस्तो आरोप लागेपछि सरकारले ख्याल गर्नुपर्ने बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register